वडाध्यक्ष कप बुद्धिचाल

समाधान संवाददाता २०८० मंसिर २५ गते ११:०७

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ मा भएको विद्यालय स्तरीय वडाध्यक्ष कप बुद्धिचालमा हिमालयन बोर्डिङ स्कुल प्रथम भएको छ । हिमालयनका आलिस्मा पनेरु र परिवेश थापा सर्वाेत्कृष्ट भएका हुन् ।


माइन्ड फ्रेस चेस क्लबले आयोजना गरेको प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो क्रमशः ढुंगेसाँघु बोर्डिङ स्कुल, वेस्ट प्याइन्ट बोर्डिङ र शन्ति निकुञ्ज बोर्डिङ भएका छन् । विजयी विद्यार्थीलाई मेडल र स्कुलहरुलाई ट्रफी प्रदान गरिएको छ।
प्रतियोगितामा १६ स्कुलका २८ विद्यार्थी सहभागी थिए । प्रतियोगिताका मुख्य जज रामबहादुर क्षेत्रीले ५ राउन्डमा टिम म्याचका रुपमा चेस खेलाइएको जनाए ।


कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष योगीले विकासलाई भौतिक निर्माणमा मात्र सीमित गनर्न नहुने जनाइन् । उनले भनिन्, ‘विकासमा मानवीय विकास, सामाजिक विकासको ठूलो भूमिका हुन्छ । वडाले अहिले फुटबल, भलिबल, ब्याडमिन्टन, दौड जस्ता प्रतियोगिता गर्दै छ ।’

Advertisement


कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिलबहादुर कोइरालाले प्रतियोगिता उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा १७ का वडा सदस्य विक्रम गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल संघ अध्यक्ष युवराज भण्डारी, छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रिनाथ पहारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया