मानव अधिकार दिवसमा प्रभातफेरी

पोखरा ।
७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा प्रभातफेरी गरिएको छ ।
गण्डकी प्रदेश सरकार, राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार महाभेला गण्डकी प्रदेशको सयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम पोखराको मानव अधिकार चोक चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरीसभागृह पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्दै गण्डकी प्रदेश सरकारकी मुख्यसचिव लक्ष्मीकुमारी बस्नेतले गण्डकी प्रदेश सरकार मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्नको लागि प्रतिवद्ध रहेको जनाइन् । उनले अहिले पछिल्लो समय मुलुकभरि नै महिला र बालबालिका माथि हुने हिंसाका घटनामा वृद्धि भइरहेको पनि सुनाइन् ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निमित्त प्रमुख खिमलाल सुवेदीले राष्ट्रिय मानवअधिकार आयोगले समग्र मानवअधिकारको अवस्थाको अनुगमन गरिरहेको जानकारी गराए । मानव अधिकार महाभेला गण्डकी प्रदेशका संयोजक बिना सिलवालले कार्यmक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मानवअधिकारको संरक्षणमा राज्य जिम्मेवार बन्नुपर्नेमा आम नागरिकले त्यस्तो अनुभूति गर्न नपाएको गुनासो व्यक्त गरिन् ।
कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले मानव अधिकारको विषय सबैको साझा विषय भएकाले मानवअधिकारको संरक्षणका लागि सामाजिक संघसंस्थाहरु सरकारसँग समन्वय र सहकार्यमा काम गर्न सधै तयार रहेको बताए । राष्ट्रिय अपांगता महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अपांगता भएका क्षेत्रलाई राज्यले जति सम्बोधन गर्नुपर्ने हो सो अनुसार नगरेको बताए ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारिताले सधैं मानव अधिकारको रक्षाका लागि काम गर्ने गरेको सुनाइन् । कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले इन्सेकले गरेको अनुगमनले गण्डकी प्रदेशमा महिला र बालबालिका माथि हुने हिंसाका घटना वृद्धि भएको जानकारी गराए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया