एनटी फाइबर प्रयोगकर्तालाई सित्तैमा डाटा
समाधान संवाददाता
२०८० मंसिर २५ गते १६:३१

काठमाडौं ।
नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा १ महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले सोमबारदेखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमपिबिएस स्पिडको डाटा दिने भएको हो ।
नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवामात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा महिना दिनसम्म यो सुविधा दिएको हो । यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देश अनुसार फेरि १ डायल गर्न पर्ने कम्पनीले जनाएको छ ।
नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । एक जना ग्राहकका लागि यो सुविधा एक पटकमात्र उपलब्ध हुनेछ । एक महिनाभन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले पुनः १९८ डायल गरेर १ थिच्नुपर्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित








हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया