‘ऋग्वेदको मूल धेय मानवताको रक्षा’
पोखरा ।
प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मंसिर २१ र २२ गते पोखरामा भएको सम्मेलनमा ३५ वटा कार्यपत्रको प्रस्तुती र छलफल पछि सम्पन्न भएको आयेजक मुक्त फाउन्डेशनले जनाएको छ । सम्मेलनले प्राकृतिक शक्तिको उपासना र मानवताको रक्षा ऋग्वेदको मुल धेय रहेको निष्कर्ष निकालेको छ ।
सम्मेलनमा वैदिक ज्ञान र आधुनिक समाज विज्ञानसँग सम्बन्धित विज्ञहरुबाट हिमाली समाज र संस्कृतिबारे खोज तथा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत भएको सम्मेलन आयोजक समूहका अध्यक्ष दामोदर त्रिपाठीले जानकारी दिए ।
नेपाल तथा भारत, श्रीलंका जापान, स्वीडेन, नेदरल्याड्स, अमेरिका, क्यानडा र रसियाबाट समेत कार्यपत्र प्रस्तुत भएको त्रिपाठीले बताए । सम्मेलनमा भएका गतिबिधिबारे जानकरी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले ऋग्वेदको अध्ययन गर्नु कुनै कर्मकाण्ड वा परम्परागत देवि देवताको पुजाअर्चना भन्दा बढि समग्र प्रकृतिको अस्तित्वलाई स्वीकार गर्नु र मान कल्याणको लागि उचित उपयोग गर्नुपर्नेमा छलफल भएको जानकारी दिए ।
विश्वमा बढिरहेको प्राकृतिक विनाश र मानव जातिबीचका द्धन्दलाई ऋग्वैदिक मान्यताको जगमा समाधान गर्न सम्भव रहेको वारे पनि सम्मेलनमा मान्यता स्थापीत भएको बताइएको छ ।
सम्मेलनलाई हरेक वर्ष आयोजना गरिने त्रिपाठीले जानकारी दिए । सबैभन्दा पुरानो वैदिक शास्त्र ऋग्वेदलाई आधुनिक समाजसँग स्थापीत गर्ने र आधुनिक विज्ञानका लागि समेत महत्वको ज्ञानको भण्डारको रुपमा लिनुपर्नेमा सम्मेलनले जोड दिएको छ ।
तपाईको प्रतिक्रिया