पोखरा १२ मा मन्टेश्वरी तालिम सुरु
समाधान संवाददाता
२०८० मंसिर २५ गते १७:०७

पोखरा ।
पोखरा महानगरपालिका–१२ मा तीन महिने मन्टेश्वरी तालिम सुरु गरिएको छ । व्यवसायीक तथा सिप विकास तालिम केन्द्रको आयोजनामा ३३० घन्टाको तालिम संचालन गरिएको हो ।
पोखरा १२ को समन्वयमा तालिम कार्यक्रम गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘तालिमले वडा भित्रका नागरिकलाई सीप सिक्नको लागि अवसर प्राप्त हुनेछ,’ वडाध्यक्ष बास्तोलाले भने ।
तालिम संचालन कृष्ण प्रसाद थापाले गरे । त्यस्तै अन्य वक्ताहरु लेखा अधिकृत तारा बहादुर रायमाझी, वडा सदस्य गोबिन्द बहादुर सिग्देल र सान्त बहादुर थापाले बोलेका थिए भने सिप विकास तालीम केन्द्रका मन्टेश्वरी प्रशिक्षक सीता अधिकारी वाग्ले लगायतले प्रशिक्षण दिए । राज्यको लगानी खेर जान नदिन तालिमले सहयोग पुग्ने सीप बिकास तालिम केन्द्रका प्रमुख लक्ष्मी भद्र वाग्लेले बताए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया