सफल पोखरा म्याराथनको तयारी

समाधान संवाददाता २०८० मंसिर २६ गते ११:४६

पोखरा।
नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । पोखरामा आयोजना हुने म्याराथनका लागि मञ्चले विभिन्न उपसमिति गठन गरेको छ ।


हरेक वर्ष फागुन महिनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको आयोजनाका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै आगामी शुक्रबार मञ्चले अन्तरक्रिया आयोजना गर्दै छ । मञ्चको सोमबार भएको बैठकले जिम्मेवारी बाँडफाँट गरेको अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।


संस्थाका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ र संस्थाका प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङले सफल पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी थालिएको सुनाए । म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरिप्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अधयक्ष तेज बहादुर गुरुङ, अनुगमन तथा निरीक्षणमा द्वितीय उपाध्यक्ष खेम गुरुङ र स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना छन् ।

Advertisement


यस्तै, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल, प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक, सुरक्षा समन्वयमा हरिबहादुर बरुवाल, बसोबासमा दिनेशकुमार श्रेष्ठ, स्वयमसेवक परिचालनमा ओमबहादुर गुरुङ, प्रमाणपत्र तथा मेडलमा पुष्पा श्रेष्ठ, खेलकुद संघ संस्थामा यामबहादुर गुरुङ, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा रामबहादुर क्षेत्री, खाजा व्यवस्थापनमा भरतकुमार आले, वस्तुगत प्रायोजक समन्वयमा हरिश्वर पोखरेल, फिजियोथेरापीमा डा. खड्गसिंह गुरुङ, रुटमा पानी व्यस्थापनमा जुमप्रसाद गुरुङ, संघ, संस्था समन्वयमा सम्मरबहादुर श्रेष्ठ, सेलिब्रेटी समन्वय निरज थापा, ह्विचियर र दृष्टिविहीन खेल व्यवस्थापनमा अमृत बराल संयोजक छन् ।


यसैगरी, वैदेशिकतर्फ सुके समन्वय संयोजकमा सल्लाहकार महेश गुरुङ, अमेरिका समन्वयमा सोम गुरुङ, अष्ट्रेलिया समन्वयमा चन्द्रप्रकाश गुरुङ, सर्विया समन्वयमा खोपबहादुर गुरुङ र हङहङ समन्वयमा रक्स गुरुङलाई संयोजक बनेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया