प्रवासीलाई सघाउन वेबसाइट
पोखरा ।
प्रवासी श्रमिकलाई मद्दत गर्ने उद्देश्यले सुरक्षित आप्रवासाबारे जानकारी दिन वेबसाइट र तालिम सामग्री सार्वजनिक गरिएको छ ।
हालै पोखरामा भएको कार्यक्रममा परदेशी डट ओआरजी डट एनपी वेबसाइट र प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोगसम्बन्धी तालिम सामग्री सार्वजनिक गरिएको हो । रोजगारीका लागि जान चाहनेलाई सूचित गर्न सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ, संस्थाहरु, ट्रेड युनियनहरु तथा सञ्चार माध्यमहरुले यस्ता विषयमा जानकारी दिने प्रयास गरिरहेका छन् । तर त्यसरी तयार पारिएका जानकारी एकैथलोमा उपलब्ध छैनन् ।
यही अभावलाई मध्यनजर गर्दै यो अवधारणा तयार पारिएको हो । यसले सबै संस्थाले उत्पादन गरेका जानकारीमूलक विषय एउटै माध्यममा उपलब्ध गराउने पौरखीकी सिन्धु अर्यालले बताइन् ।
तालिम सामग्री तयार पार्न सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जान, पौरखी, मामकास नेपाल, प्रवासी नेपाली समन्वय समिति, सिप हस्तान्तरणद्वारा सशक्तिकरण पोखरा, सुरक्षित आप्रवासन परियोजना कास्की, देशपरदेश डटकम तथा प्रविधिको क्षेत्रमा कार्यरत संस्था औराएड र एनआइसी संलग्न छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया