पोखराबाटै श्रम गन्तव्य पुग्ने सपना अधुरो

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १ वर्ष पुग्न अब केही दिनमात्र बाँकी छ । तर, अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यद्यपि केही छिटफुट चार्टर उडान भने भएका छन् । नियमित अन्तर्राष्ट्रिय उडान नहुनुमा प्रमुख कारण भने सरकारले छिमिकी लगायत अन्य देशसँग समन्वय गर्न नसक्नु नै हो । अर्को कारण भने नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनका लागि अगाडि बढाइएको कार्ययोजना पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अड्किनु हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कार्ययोजना पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अड्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को वर्षदेखि सबै वायु सेवा प्रदायक कम्पनीका न्यारोबडी जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न दिने कार्ययोजना मन्त्रालयमा अड्किएको हो । कार्ययोजना बनाएर प्राधिकरणले पोखरा र भैरहवाबाट न्यारोबडी जहाज उडान गर्न दिने योजना थियो ।
प्राधिकरणले एक महिनाअघि गरेको प्रस्तावना मन्त्रालयमा पुगेर अड्किएको हो । मन्त्रालयका एक कर्मचारीका अनुसार जहाजको बेस विभाजन गर्ने योजना अघि नबढेको सुनाए । प्राधिकरणले प्रस्ताव अघि बढाएपनि आवश्यक पूर्वाधार र बिजनेस पाउने आधार नभएपछि मन्त्रालयले निर्णय गर्न नसकेको ती कर्मचारीले बताए ।
अन्तर्राष्ट्रिय उडान गर्ने कार्ययोजना पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमै अड्किएको छ
प्राधिकरणले खास गरी श्रम गन्तव्य देशका भिसा सेन्टर पोखरा र भैरहवा विस्तार भए त्रिभुवन विमानस्थलमा अहिले दिउँसो र रातिको समयमा ट्राफिक कन्जेसनका कारण उडान प्रभावित हुने समस्या समेत अन्त्य हुनेछ । पर्यटनमन्त्री सुदन किरातीले कात्तिक १७ गते मन्त्रालयमा राखेको बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कार्ययोजनाबारे पुर्याएको थिए । पोखरा र भैरहवामा भिसा सेन्टर विस्तार भए वैदेशिक रोजगारीमा जान चाहनेहरुले काठमाडौं जानुपर्ने छैन ।
त्यो सेवा विस्तार गर्न विमानस्थलमा अध्यागमन, भन्सार, क्वारेन्टाइन (पशु, खाद्य, विरुवा), श्रम लगायत सुविधा चाहिन्छ । साही अनुसार केही दिनअघिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन स्थापना पनि भइसकेको छ । यसको प्रबन्ध प्राधिकरण आफैंले गर्न सक्दैन । यसका लागि समन्वय गरिदिने जिम्मेवारी मन्त्रालयको हो ।
न्यूनतम पूर्वाधार मात्र विमानस्थल सञ्चालन हुँदैन । यात्रुलाई आकर्षित गर्न सुविधा पनि चाहिन्छ । यसरी वैदेशिक यात्रामा जानेहरुले काठमाडौं पुगेर गर्ने खर्च पनि घट्छ । प्राधिकरणले पोखरा र भैरहवालाई प्रयोग गर्न सके दुई विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने जनाएको छ । तर, पोखरामा पनि यी सबै सुविधा पर्याप्त छैनन् । फेरि, मन्त्रालयले यो योजना अगाडि बढाए वायु सेवा प्रदायक बिजनेस नपाउन पनि सक्छन् ।
गौतम बुद्ध विमानस्थलबाट अहिले सातामा एउटा मात्र अन्तर्राष्ट्रिय उडान हुने गरेको छ भने पोखराबाट अहिलेसम्म एउटै नियमित उडान भएको छैन । जसका कारण ती विमानस्थलमा गरिएको लगानीको औचित्यमाथि नै प्रश्न उठ्न थालिसकेको छ । दुवै विमानस्थल ऋण लिएर बनाइएका हुन् ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया