पोखरा २९ मा खेलकुद

लेखनाथ ।
१७ वर्षभन्दा कम उमेरका युवालाई खेलतर्फ आकर्षित गर्नका लागि पोखरा २९ मा वडा स्तरीय खेलकुद भइरहेको छ।
प्रतियोगिताको माध्यमबाट वडाभित्र रहेका युवाबाट खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा टिम छनोट गर्दा जन्मदर्ता र टोल विकास संस्थाको सिफारिस अनिवार्य छ । १७ वर्ष मुनिकालाई मात्र समावेश गरी २० टिमका बिच खेल भएको वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए ।
भण्डारढिक खेलमैदानमा मंसिर ३० गतेसम्म चल्ने प्रतियोगिता संघीय सांसद मनबहादुर गुरुङले उद्घाटन गरेका छन् । सांसद गुरुङले खेलकुदको माध्यमबाट देशको गरिमा अन्र्तराष्ट्रिय स्तरमा समेत उँचो हुने उल्लेख गरे । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन, ङयोए तमु धिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ लगायतले बोलेका थिए ।
प्रतियोगिताका मुल संयोजक एवं वडाध्यक्ष गुरुङले शिक्षा, स्वास्थ्य र खेलकुदलाई वडाले पहिलो प्राथमिकतामा राखेको बताए । प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार, साथमा सिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार, सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।
तृतीय हुने टिमले नगद १५ हजार, सिल्ड, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले नगद १० हजार, सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । सहभागी सम्पुर्ण टिमलाई नगद ५ हजार प्रदान गरिनुका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र अनुशासितत टिमलाई समेत पुरस्कृत गरिने खेल संयोजक कालिदास पोखरेलले जानकारी दिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया