लेखनाथ महोत्सवको टिकट ईसेवाबाट
लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवमा ईसेवाबाट नै टिकट काट्न सकिने भएको छ । समयको माग, दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै यसपटक ईसेवाबाट नै टिकट काट्ने व्यवस्था मिलाइएको टिकट व्यवस्थापन उप–समितिका संयोजक अर्जुन भण्डारीले बताए ।
‘यसपटक ठाउँ–ठाउँमा ई–टिकटका लागि क्युआर कोड राख्ने तथा ई–टिकट काट्नेका लागि सहज तरिकाले प्रवेश गर्ने व्यवस्था मिलाइएको छ भने मोबाइलमा भएको ईसेवाको एपमा गई दिइएको निर्देशन अनुसार घरमै बसेर मोबाइलबाटै टिकट काट्न सकिने छ’, संयोजक भण्डारीले भने । ईसेवाबाट टिकट काट्नेमध्येबाट हरेक दिन १ जनालाई लक्की ड्र को आधारमा बञ्जी जम्प, प्याराग्लाइडिङ लगायतका अफरसमेत राखिएको छ ।
महोत्सवमा सर्वसाधारणका लागी ८० रुपैंया र विद्यार्थीका लागि परिचयपत्रका आधारमा ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । बेलुकाको लाइभ कन्र्सटका लागि प्रवेश शुल्क १ सय ५० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिकलाईसामाजिक सुरक्षा भक्ताको कार्डका आधारमा निशुल्क प्रवेशको व्यव्स्था छ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधन, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान हुने छन् । यस्तै, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रम समावेश गरिएको छ ।
यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सीप हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठ बताउँछन् । पुस ५ देखि १६ गतेसम्म हुने महोत्सवका लागि ९ सदस्यीय निर्देशक समिति, ४१ उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएका छन् ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया