स्कुटर चोरी गरेकाे आराेपमा एक जना पक्राउ
समाधान संवाददाता
२०८० मंसिर २७ गते १३:१४

पोखरा ।
वडा प्रहरी कार्यालय बैदामले स्कुटर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पोखरामा बस्दै आएका धादिङका १८ वर्षीय अविनाश थापा मगर पक्राउ परेका हुन् ।
मुस्ताङचोकमा पार्किङ गरिराखेको ग १५ प २५१९ नम्बरको स्कुटर गत १६ गते चोरी भएको भन्ने सुचनाको आधारमा खोजतलास गर्दै जाँदा मगरले चलाई रहेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएकोे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया