निशुल्क सैलुन तालिममा २० युवाको सहभागिता

समाधान संवाददाता २०८० मंसिर २८ गते ९:०५

गण्डकी ।

पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवं शिशिर ब्युटीपार्लर एन्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना बुधबारदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम बुधबारदेखि सुरु भएको छ ।


तालिममा महानगरपालिकाका बिभिन्न वडाका दुईजना महिलासहित २० जना युवाको सहभागिता छ । स्वदेशमै पेशा व्यवसाय गर्ने र सिपका आधारमा विदेश जाने सहभागीको सामूहिक भनाइ छ ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै सिकेको ज्ञान र सिपको भरपुर उपयोग गरी व्यवसायी एवं स्वरोजगार बन्न सहभागीलाई आग्रह गरिन् ।


स्वदेश होस् वा विदेशमा दक्ष जनशक्ति वेरोजगार बस्नु नपर्ने हुँदा महानगरले सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउँदै उनले तालिममा प्रत्येक घण्टाको महत्व हुने हँुदा त्यसमा सहभागी र प्रशिक्षक सचेत रहनुपर्ने आवश्यकता औंल्याइन् ।
पोखरा महानगरपालिका आर्थिक महाशाखा व्यापार प्रवद्र्धन केन्द्र प्रमुख नवराज अधिकारीले सिप प्रमाणपत्रका आधारमा महानगरले २ देखि ५ लाखसम्म विनाधितो ऋण प्रदान गर्दै आएको जानकारी दिए ।

Advertisement


२०७९ पुस महिनादेखि कार्यविधि निर्माण गरेर सुरु व्यावसायिक एवं रोजगार कार्यक्रम अन्तर्गत महानगरले ३०७ जनालाई तालिम प्रदान गरी विनाधितो ७ करोड ५० लाख लागनी गरेको उनको भनाइ थियो ।


उनका अनुसार तालिम प्राप्त युवाहरुले विशेष गरी कफीसप, कृषि, टिसुपेपर, आइटी ,नौमती बाजा, बालबालिका सहजकर्ता, सैलुन सञ्चालन, मोटरसाइकल, ट्याक्टर मर्मत लगायत बिभिन्न १३ विधामा तालीम सञ्चालन गरी ऋण लगानी गर्ने योजना छ ।


पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार कृषकका लागि सरकारी स्तरबाट अनुदानमा वितरण गरिएका हाते ट्याक्टर मर्मत एवं सञ्चालन गरेर प्रवद्र्धन केन्द्रबाट उत्पादिन जनशक्ति स्वरोजगार भई कृषि पेशामा लाग्न समेत प्रेरित गर्दै आएको बताए ।


राइट फर चिल्ड्रेन कार्यक्रम संयोजक पशुपति चौधरीले तालिमको महत्व माथि प्रकाश पारेको कार्यक्रममा व्यूटी सैलुनका प्रोपाइटर विजेन क्षेत्री र शिशिर ब्युटीपार्लर एन्ड ट्रेडिङ सेन्टर पोखरा १७ का शिशिर गोदार कपाल काट्ने, फेवास, थ्रेडिङ, फिसिल लगायत विभिन्न विधामा प्रशिक्षण दिने कार्यक्रम रहेको महानगर प्रवद्र्धन केन्द्रका सिर्जना बस्ताकोटीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया