कि पढेर जानिन्छ, कि परेर

समाधान संवाददाता २०८० पुष १ गते १६:३८

पोखरा ।
मान्छेमा ज्ञानको श्रोत नै पठन संस्कृति हो । त्यहीँ ज्ञानको माध्यमबाट नै मान्छेले देश, दुनियाको भूगोल, इतिहास, कला, संस्कृतिदेखि भाषा, भेषभुषालगायत वृहत् क्षेत्रका बारे जान्ने हुन्छ । पोखरामा पनि पठन संस्कृतलाई कसरी बढाउन सकिन्छ भनेर शनिबार अन्तक्र्रिया भएको छ । कार्यक्रममा युवा पुस्ता माझ पठन संस्कृति विकास हुन नसकेकोप्रति छलफल भएको छ ।
‘मेरो घरमा इन्जिनियर पढेको छोरा छ । बढेसकाल लागेको बुबा हुनुहुन्छ । तर, आजको दिनसम्म मेरो बुबालाई कुनै न कुनै किताब पढिरहनुहन्छ । तर, छोराले आजसम्म यसरी पढ्दैन,’ छलफलमा भाग लिँदै बासुदेव पौडेलले भने । उनले हप्तामा २÷३ घन्टा भएपनि कोष बाहिरका किताब पढ्नुपर्ने सुनाए । त्यसको वातावरण बनाइदिने जिम्मा बाबुआमाको भएपनि युवा पुस्ता किताबबाट टाढा रहेको उनको राय थियो । ‘विदेशी प्रभाव हो, कि मोबाइलको लत । युवा पुस्ता पढ्नै खोज्दैन । पढ्ने विकास खस्कियो,’ पौडेलले भने । उनले अब नेपाल सरकारले नै विद्यालयहरुमा कोषबाहिरका किताब अनिवार्य पढ्ने गरी नीति नियम साथै त्यो व्यवस्थापन गर्नुपर्ने तर्फ जोडिदिनुपर्ने सुनाए । अझ युवा पुस्ताले त साहित्य त्यसभित्र नि कबिता पढ्नै छाडेको सहभागी कमल रानाभालेले सुनाए । ‘त्यो किताबको कबिता पढ्यो भने पढ्यो नत उसलाई आज भोली यता तर्फ ध्यान नै हुँदैन ।

सहित्यको अरु जेन्ड्रा मध्ये कथा केही लोकप्रिय छ । तर, यसलाई युवा पुस्तामाथि पठनसंस्कृति विकास नगरे त्यो पनि हराउँछ,’ रानाभाटले भने । ¥याडम रिर्डस सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले विद्यालयस्तरबाटै पठन संस्कृतिको विकास गर्नुपर्नेमा यस्तो गर्न नसकिएको बताए । ‘सरकारी विद्यालयको अवस्था त झनै नाजुक छ । केही बोडिङ स्कुलमा लाइबेरी त छ । पढ्नेहरुले पढ्न पाएका छन् । तर, सरकारी स्कलुको हालत डरलाग्दो छ,’ उनले भने । पोखरामा आफू आवद्ध भएको संस्थाले पठनसंस्कृतिलाई बढावा दिँदै कार्यक्रमहरु गर्दै आएको उनले सुनाए । पठन संस्कृतिको विकास गर्न ठाउँठाउँमा बहस हुन आवश्यक रहेको उनले सुनाए । जनप्रिय माविका प्रअ देवीप्रसाद बस्ताकोटीले पठन संस्कृति विकास गर्न अब किताबका पानामा मात्र नभएर किताबहरु प्रकाशन गर्दा अडिओसहितको हुनुपर्ने सुनाए । युवा पुस्तालाई पठन संस्कृतिको विकास गर्ने माध्यम अडिओ भिजुअल हुने उनको दाबी छ । ‘पठन संस्कृति शिक्षित र दिक्षित बनाउने माध्यम हो । तर, विश्वविद्यालयदेखि शिक्षाका जिम्मा पाएको स्थानीय पालिका जिम्मेवार नबन्दा पठन संस्कृति नबढेको हो,’ उनले भने । कार्यक्रममा उपस्थित २१ वर्षीय युवा सूर्य भट्टराईले सरकारले पठन संस्कृतिसँग अब व्यवहारिक ज्ञानलाई जोड दिनुपर्ने बताए । ‘अब किताबी किरा मात्र भएर हुँदैन । अहिलेको अवश्यकता ज्ञानसँग सीप आवश्यक छ । धेरै पढेर भन्दा पनि अब जीवनयापनका लागि सीप अत्यावश्यक छ,’ उनले भने । फूलबारी मन्टेश्वरीकी अरुणा शेरचनले पठनसंस्कृतिको विकास गर्न परिवार पहिलो जिम्मेवारी रहेको सुनाए । ‘बाबा आमाको किताब पढ्ने बानी भए । छोराछोरीले त्यो सिक्छ । तर, अहिले अभिभावकले नै मोबाइल चलाउँदा बच्चाले सिक्ने पनि त्यहीँ भएको छ,’ शेरचनले भनिन् ।


माछापुच्छे« माविका प्राध्यापक वुद्धि सागर शर्माले आफ्नो विद्यालयमा रिर्डस क्लब खोलेर पढ्ने विकासको सुरुवात गरिएको सुनाए । ‘अहिले त्यो क्लबमा २४÷२५ जना विद्यार्थी छन् । सबैले केही न केही पढ्ने गर्दा ज्ञानको दायरा विद्यार्थीहरुको बढेको छ,’ उनले भने । यस्तै कार्यक्रम आयोजक सिटी अफ नेपालका वुद्धि प्रसाद दाहालले घरपरिवारदेखि समाजमा पढ्नुपर्छ भन्ने कुरा पु¥याउनुपर्ने बताए । ‘अहिले ६÷७ पढेको बालकले आफ्नो परिवारको नाम लेख्न सक्दैन । त्यो भनेको पठन संस्कृति नै नभएर हो । मान्छेलाई परिवार समाजलाई विकास गरेर पठन संस्कृतिको विकास गर्नुपर्छ,’ उनले भने । सिटी अफ नेपालका रवि किरणले आउने दिनहरुमा पनि पठन संस्कृतिको विकास गर्न यस्ता कार्यक्रम गर्ने प्रतिवद्धर्ता चाहेर गरे ।

Advertisement

तपाईको प्रतिक्रिया