अभद्र व्यवहार गरेकाे आराेपमा लेकसाइडबाट १० जना पक्राउ

पाेखरा ।
लेकसाइडमा पर्यटकसँग अभद्र व्यवहार गर्ने पाँच पक्राउ परेका छन् । पर्यटकलाई नशालु पदार्थ सेवन गर्न दवाव दिने नमानेमा हैरानी गरी आतकिंत पारेको आरोपमा वडा प्रहरी कार्यालय वैदामले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।
सोमबार नशालु पदार्थ सेवन गरी हो—हल्ला गर्दै हिडिरहेको अवस्थामा पोखरा १६ दिप बस्ने वर्ष २० वर्षीय डिलन श्रीष मगर, माछापुच्छ्रे ५ का २० वर्षीय सन्देश विक, पोखरा ६ ठाडोपसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा ६ जरेवर बस्ने वर्ष २९ का महेन्द्र भण्डारी र गोरखा भिमसेन ८ का वर्ष ३२ का सुरेश थापासहित ५ जनालाई पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मंगलबार बिहान सडकमा मादक पदार्थ सेवन गरी मर्निङवाकमा जाने महिलाहरुलाई अपशब्द प्रयोग गर्ने, हातपात गर्ने र सम्झाउन खोज्दा उल्टै घाईते हुने गरी स्थानीयवासीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका १२ घर भई हाल पोखरा–६ बस्ने २७ वर्षीय डेविड भन्ने डिल्लीप्रसाद पौडेललाई पक्राउ गरेको छ ।
त्यसैगरी, सोमबार राती पौने १२ बजेको समयमा लेकसाईडमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अशान्ति फैलाएको आरोपमा प्रहरीले बागलुङ, काठेखोला गाउँपालिका ५ घर भई हाल पोखरा–५, मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका १ घर भई हाल पोखरा–१४ काजिपोखरी बस्ने ३१ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको थियो ।
सोही दिन बेलुकी ५ बजे पोखरा–९, चाईनापुलस्थित शंकास्पद ढंगले हिडिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरीमाथि नै अपशब्द प्रयोग गरेको आरोपमा पोखरा–१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शंकर भुजेल पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुलाई छुट्टाछुट्टै अभद्र व्यवहार सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । निज प्रतिवादीहरु सबैजनालाई छुट्टाछुट्टै अभद्र व्यवहार सम्वन्धी कसुरमा आजै जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक दिन सातको म्याद थप गरी अनुसन्धान भईरहेको ।








जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
बागलुङमा पिकअप जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया