स्टेसनरी तथा न्यानो कपडा वितरण

पोखरा ।
सिद्धार्थ क्लब पोखराले मादी गाउँपालिका–७ छाचोक, रामडाँडा स्थित श्री कालिका आधारभूत विद्यालयमा गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य योगराज रेग्मीको प्रमुख आतिथ्यतामा स्टेसनरी तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा रेग्मीले सिद्धार्थ क्लबले मादी गाउँपालिकामा कार्यक्रमहरु गर्न सुरुआत गरेकोमा धन्यवाद दिँदै स्टेसनरी सामग्री र मौसम अनुकुल न्यानो कपडा वितरण कार्यले विद्यार्थीहरु विद्यालयमा नियमित आउनका साथै पठनपाठान कार्यमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले मादी गाउँपालिकामा कार्यक्रमका साथ प्रवेश गर्न पाउँदा खुशी व्यक्त गरिन् । विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिका कार्यक्रमहरु गर्ने भनाइ राख्दै विद्यालयले विद्यार्थीको वृद्धिदरमा ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद सापकोटा र विद्यालयका प्रधानाध्यापक विष्णुजंग थापाले विद्यालयको अवस्था, आवश्यकताबारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको भनाइ राखे ।
कार्यक्रममा विद्यालयका १० जना बालबालिकाहरुका लागि कापी कलम लगायत स्टेसनरी सामग्री र न्यानो कपडा (स्विटर, टोपी, मोजा) वितरण गरिएको थियो । क्लबका सचिव विनोदप्रसाद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पारेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया