सर्वाेच्चको न्यायाधीशमा पोखराकी सुवेदी पनि

पोखरा ।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ६ जना न्यायाधीशको नाम संसदीय समितिले अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय समितिको बैठकले सबैको नाम अनुमोदन गरेको हो ।
संसदीय सुनवाइ समितिले सुनील पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको नाम अनुमोदन गरेको हो । यसअघि न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशमा उनीहरूको नाम सिफारिस गरेको थियो । सारंगा सुवेदी पोखराकी बासिन्दा हुन् । उनी पोखरामा कानुन व्यवसाय गरेको अनुभवपछि दसकअघि उच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् ।
संसदीय सुुनुवाइ समितिले सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका न्यायाधीशहरूको सोमबार सुनुवाइ सकेको थियो । न्याय परिषद्ले सिफारिश गरेका न्यायाधीशको संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । समितिले सुनुवाइ गरिसकेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
तपाईको प्रतिक्रिया