रवि लामिछानेमाथि पोखरामा खोइला प्रहार

समाधान संवाददाता २०८० पुष ७ गते १८:३६

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोइला प्रहार भएको छ ।

अमरसिंहचौरमा सभालाई सम्बोधन गरिरहेको बेला लामिछानेमाथि सभाका एक सहभागीले खोइला प्रहार गरेका हुन् । लमजुङ घर भएका सन्तोष रानाभाटलाई लामिछानेमाथि खोइला हानेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।

Advertisement

रानाभाटले हानेको खोइलाले लामिछानेलाई कुनै चोट भने लागेन । त्यही खोइला रविले टिपेका थिए ।

पोखरामा सूर्यदर्शन सहकारीबाट ठगिएकाहरुको आक्रोश रविप्रति पनि थियो । उक्त सहकारीका अध्यक्ष जिबी राईको लगानीको टेलिभिजनमा रवि लामिछानेले काम गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया