रेबानका कोइरालाको सम्मान

समाधान संवाददाता २०८० पुष ८ गते ११:४४

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को शुक्रबार सम्पन्न छैटाैं वार्षिक साधरण सभाको अवसरमा रेबानका प्रमुख कार्यकारी अधिकृत कमलराज कोइराला सम्मानित भएका छन् । पर्यटन क्षेत्रको संस्थाको विगत लामो समयदेखि अनवरत रुपमा कार्यरत रही योगदान पुर्‍याए स्वरुप कोइरालालाई सम्मान गरिएको हो ।


कोइरालाले साँस्कृतिक महोत्सव २०८० महिला प्रतिभा प्रतिस्पर्धा तथा उद्यमी मेला सफल पार्नसमेत अतुलनीय योगदानगरेको टेवानले जनाएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) का अध्यक्ष कमला गिरीको अध्यक्षता र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेशका माननीय मन्त्री सरस्वती अर्याल तिवारी प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । मन्त्री अर्यालले कोइरालालाई सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया