मिस तामाङका प्रतिस्पर्धीलाई तालिम

पोखरा ।
बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराका सहभागीलाई तालिम दिन सुरु गरिएको छ । ४५ दिन लामो तालिममा बिभिन्न क्षेत्रका विज्ञले सहजीकरण गर्ने कार्यक्रम संयोजक प्रिती तामाङले बताइन् ।
समाजका अध्यक्ष ज्याक तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ र मिस तामाङ पोखरा २०२३ रोश्मा तामाङले तालिम सुरुआत गरे । सहभागीले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा जानकारी हासिल गर्ने समाजका अध्यक्ष ज्याकले जानकारी दिए । तामाङ समुदायका नारीको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास कार्यक्रम गरेको उनी बताउँछन् ।
समाजले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ । मिस तामाङ पोखराको आठौं संस्करण आगामी माघ २० गते हुने तय छ ।
प्रतियोगितामा देशभरबाट १० तामाङ समुदायका युवतीको सहभागिता छ । सहभागीमा मनिका लामा तामाङ, रिमाया तामाङ, दीक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ र वर्षा लामा तामाङ छन् ।
मिस तामाङ पोखरा २०२४ की विजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु पाउने छिन् ।
फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार, सेकेन्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार पाउने छन् । भ्युअर्स च्वाइसका विजेताले नगद २० हजार पाउने छन् ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, जेसिसका पूर्व उपाध्यक्ष राजु केसी, नेपाल तामाङ घेदुङ कास्की अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा नगर अध्यक्ष रामबहादुर ब्लोन तामाङ, पत्रकार सञ्जय मल्ल, नेपाल तामाङ महिला घेदुङका अध्यक्ष पवित्रा तामाङ, मिस तामाङ पोखरा २०२३ रोश्मा तामाङ, जिना तामाङ, प्रशिक्षक उपेन्द्र पौडेल र रजनी तामाङले बोलेका थिए ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया