खानेपानी संस्थानमा प्लम्बिङ तालिम

पोखरा ।
जापानी सहयोग संस्था जाइका नेपालले २ दिने प्लम्बिङ तालिम दिएको छ । शुक्रबार र शनिबार भएको २ दिने तालिममा नेपाल खानोपनी संस्थान पोखरा शाखामा कार्यरत १२ जना प्लम्बरको सहभागिता थियो ।
एचडिपिइ र जिआइ पाइपमा हाउस कनेक्सन, पाइप लाइन विस्तार तथा एचडिपीइ वट वेल्डिङ कनेक्सन तालिम प्रदान गरिएको इन्जिनियर सुइस गौचनले जानकारी दिए । खानेपानी वितरण व्यवस्थापन विज्ञ जाइकाका इन्जिनियर सातोरु हाडाले दिएको २ दिने तालिममा आधारभूत तालिम लिएर सीप र ज्ञान ग्रहण गरी संस्थानबाट राम्रो सेवा दिन आग्रह गरे ।
हाडाले तालिमपश्चात पानी चुहावट नियन्त्रण गर्न, लिकेज मर्मत गर्न सकिने बताए । सहभागीलाई प्रमाणपत्र वितरण सभामा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख इन्जिनियर आशीष कार्कीले तालिमलाई प्रमाणपत्र लिने माध्यम नबनाउन आग्रह गर्दै वास्तविक उपभोक्ताको सेवामा पहुँच पुग्ने गरी सेवा गर्न कर्मचारीलाई निर्देशन दिए ।
सभामा नेपाल खानेपानी संस्थान विन्ध्यवासिनी इकाई प्रमुख एवं प्रशिक्षक प्रकाश सिलवालले पाइप लाइन जडान गरेपछिको व्यवस्थापनबारे जानकारी दिएका थिए ।
कार्यक्रममा प्रशिक्षक लक्ष्मण पाण्डेले नाप, रुपान्तरण तथा कार्यस्थलमा हुन सक्ने जोखिमबारे प्रशिक्षार्थीलाई जानकारी दिएका थिए । तालिममा पशुपतिप्रसाद यादव, सुरेन्द्रकुमार साह, राजेश थापा र हर्कबहादुर गुरुङले सहभागीलाई पानीको उचित व्यवस्थापनमा सफलता हासिल गर्नेबारे जानकारी दिएका थिए ।
सहभागीको तर्फबाट डिलबहादुर ढकालले यस्तो तालिमको निरन्तरता भए आफूहरुलाई काम गर्न सहज हुने बताए । वरिष्ठ सहायक विष्णुप्रसाद रेग्मीले सञ्चालन गरेको समापन सभामा जाइका अन्तर्गत टेक्निकल को–अपरेसन प्रोजेक्टका सहायक ई. सुइस गौचनले सहजीकरण गरेका थिए । २ दिने तालिममा प्रयोगात्मक तथा लिखित प्रश्नोत्तरका आधारमा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया