महोत्सव बन्यो विद्यार्थी सिकाइ केन्द्र

पोखरा ।
पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन वृहत बाल प्रतिभा पहिचान महोत्सव विद्यार्थीका लागि सिकाइ केन्द्र बनेको छ । एनप्याब्सन कास्कीको आयोजनामा शुक्रबारबाट सुरु भएको महोत्सवमा ११ विधामा प्रतियोगिता हुँदै छ ।
महोत्सवमा केही विद्यार्थी पुरानो संस्कृतिलाई पछ्याउदै परालबाट गुन्द्री बन्ने, चोयाबाट डोको, कोर्को, पातबाट टपरी दुना बुन्नमा नै व्यस्त देखिन्थ्ये त केही विद्यार्थी आविस्कार, लोक नृत्य, कविता वाचन र चित्रकालतिर लागेका थिए । हरेक विद्यार्थीमा केही न केही क्षमता हुने भएकाले विद्यार्थीका ती क्षमतालाई उजागर गर्र्न यस पटक फरक ढंगले कार्यक्रम आयोजना गरेको एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जनाए ।
‘पुराना संस्कृतिदेखि लिएर आविस्कारसम्म विद्यार्थीे आफैंले बनाएर यो महोत्सवमा प्रदर्शन गरेका छन्’, अध्यक्ष अधिकारीले भने, ‘विद्यार्थी पढाइको अलवा सिकाइको क्षेत्रमा पनि अब्बल छन् भन्ने यो महोत्सवले सन्देश दिएको छ ।’
महोत्सव अवलोकन गर्न आएका गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले भाषा, संस्कृतिको जर्गेना गर्न यस्ता महोत्सव सघाउने जनाए । महोत्सवमा विभिन्न विधामा १ हजार ६ विद्यार्थी जनाएको एनप्याब्सन कास्की सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।
महोत्सवमा सामूहिक लोक नृत्य, एकल गायन, चित्रकला, कवितावाचन, अभिनय, आविस्कार, अपसाइक्लिङ/रिसाइक्लिङ, कम्युटर टाइपिङ, पात, पराल, छ्वाली, चोयाबाट बनेका सामग्री बनाउने प्रतियोगिता हुँदै छन् ।
एनप्याब्सनले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक मेला गर्दै आएकोमा यस पटक शैक्षिक मेलालाई परिमार्जित गरी बाल प्रतिभा पहिचान महोत्सव गरिएको हो । प्रदर्शनीमा नेसनल प्याब्सान कास्की अन्तर्गतका ४७ वटै विद्यालयको सहभागिता छ । महोत्सव आइतबार समापन हुनेछ ।









२०२५ः तातो वर्ष
पशुपति मन्दिरको सभा
विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया