भृकुटीको आमा समूहको सभा

समाधान संवाददाता २०८० पुष ८ गते १३:२६

पोखरा ८ नयाँबजारमा रहेको भृकुटी आमा समूहको नवाैं वार्षिक साधारण सभा शनिबार भएको छ । आमा समूहका संस्थापक अध्यक्ष नानुमाया पौडेलले साधारण सभाको उद्घाटन गर्दै समूहका सदस्यको एकता र सहकार्यले संस्थाको प्रगति हुने बताइन् । उनले सबैले एकापसमा समन्वय गर्न सके भावी दिनमा धेरै राम्रो काम हुने उल्लेख गरिन् ।


कार्यक्रममा समूहका निवर्तमान अध्यक्ष शशि राना, र्सस्थाका सल्लाहकार सावित्री शाही र बत्तिकुमारी गुरुङ संस्थाले गरेका गतिविधिका बारेमा बोलेका थिए ।


संस्थाका सचिव उजेली मल्लले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गौरी कोइरालाले पेश गरेको आर्थिक प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ । कार्यक्रममा आमा समूहका ३९ जना सदस्यको सहभागिता थियो । आमा समूहका अध्यक्ष रमादेवी नेपालीले सभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने सबैमा आभार प्रकट गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया