पोखरामा ९ गते यःमरी सांस्कृतिक महोत्सव

पोखरा ।
यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखरामा यःमरी महोत्सव एवं यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा पुस ९ गते पोखरामा यःमरी महोत्सव एवं यःमरी बनाउने प्रतियोगिता हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
महोत्सव पोखरा–४ गणेशटोलको सडक क्षेत्रमा हुने वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाइभ डेमोन्स्ट्रेसन गरिने नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् ।
महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्री गरिने उनले जानकारी दिइन् ।
उनका अनुसार महोत्सवमा यःमरीसहित बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल रहने छन् । त्यसबाहेक स्थानीयले उत्पादन गरेका मोजा, गलबन्दीलगायत जुत्ता, चप्पल तथा कपडाका स्टल पनि रहने अध्यक्ष बज्रचार्यले बताइन् ।
महोत्सवमा यःमरी प्रति गोटा ८० रुपैयाँ, समयबजी प्रति प्लेट २ सय, बारा, सेलरोटीको ५० मा बिक्री हुने जनाइएको छ । यःमरी बनाउने प्रतियोगितामा २० टिमले सहभागिता जनाउने अध्यक्ष बज्राचार्यले जानकारी दिइन् । बाँकी केहीले अप्रतियोगी सहभागिता जनाउने उनको भनाइ छ ।
महोत्सवमा पोखरेली लक्ष्य ब्यान्डको सांगीतिक प्रस्तुति रहने छ । उक्त अवसरमा मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुति हुने उनले बताइन् ।
महोत्सव अघि झाँकीसहितको र्याली निकालिने जनाइएको छ । पोखरा–४ को कार्यालयबाट सुरु हुने र्याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने वडाध्यक्ष पराजुलीले जानकारी दिए । र्यालीमा सहभागीमध्ये पहिलो हुने समूहलाई नगद ७ हजार, दोस्रो हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
यमरी प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र सान्त्वना ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । अध्यक्ष पराजुलीले संस्कृति संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न यःमरी महोत्सव गर्न लागिएको बताए ।
सडक, पानी, बत्ती मात्रै विकास होइन,’ उनले भने, ‘संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नु पनि विकास हो ।’ उनले पोखराको रामकृष्ण टोलदेखि गणेशटोल, भीमसेनटोल, मोहरियाटोल हुँदै बागबजारसम्मको क्षेत्र नेवारी परम्परा र संस्कृतिको ऐतिहासिक ठाउँ भएकाले यसको संरक्षणका लागिपनि चाँडै योजनाबद्ध ढंगले काम गर्ने तयारी भएको बताए ।
नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले यःमरी महोत्सवले पर्यटन प्रवद्र्धनमा पनि योगदान दिने विश्वास व्यक्त गरिन् । ‘संस्कृतिको विविधता हाम्रो विशेषता हो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दा पर्यटनमा पनि टेवा पुग्छ,’ उनले भनिन् ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया