संकल्प सहकारीको प्रशिक्षण

समाधान संवाददाता २०८० पुष ८ गते १३:४१

पोखरा ।
स्थापनाको १४ वर्ष पूरा गरेको अवसरमा पोखरा ७ मासबारमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव तथा प्रशिक्षण एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।


पोखरा महानगर पालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले अहिले सहकारीमा देखिएका विभिन्न विकृति समस्याका बावजुत पनि संकल्प सहकारी लयमा रहेकोमा खुसी व्यक्त गर्दै सहकारी देखिएका समस्या समाधान गर्न स्थानिय तहले भूमिका खेल्ने बताए । वडा नम्बर ७ मा रहेका सहकारीसँग मिलेर काम गर्न वडा कार्यालय सधै तयार रहेको सुनाए ।


पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख भरतराज पौडेलले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आधार बनाएर प्रशिक्षण गरिएको बताए । सहकारीमा आवद्ध ७० वर्ष उमेर पुगेका सेयर सदस्यसहित १२ उत्तीर्ण गरेका उत्कृष्ट विद्यार्थी रजत आचार्यलाई सम्मानित गरिएको थियो ।

Advertisement


सहकारीका पूर्वअध्यक्ष एवं सल्लाहकार सरोज नारायण बराल, सम्मानित जेष्ठ सदस्यको तर्फबाट छत्रकुमारी बराल लगायतले शुभकामना व्यक्त गरे । संस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष सावित्री बराल, सहकारी सिद्धान्त वाचन अन्जु पण्डित र सञ्चालन सचिव नरेशप्रसाद बरालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया