बाल प्रतिभा महोत्सव सकियो

समाधान संवाददाता २०८० पुष ९ गते १०:३४

पोखरा ।
नेसनल प्याब्सन कास्कीले आयोजना गरेको प्रथम बृहत बाल प्रतिभा पहिचान महोत्सव २०८० आइतबार सकिएको छ । ११ विधामा विद्यार्थीले प्रतिभा प्रस्तुत गरेका छन् ।


महोत्सवमा सामूहिक लोक नृत्यतर्फ अञ्जुली आवासीय विद्यालय प्रथम, अक्सफोर्ड स्कुल द्वितीय, कास्की मोर्डनाइज्ड एकेडेमी तृतीय र राजिङ स्टार सान्त्वना बने । चित्रकलातर्फ लिटिल फ्लावर एजुकेसनल एकेडेमीकी रोजी गुरुङ प्रथम, रत्नज्योति माविका रोजन थापा द्वितीय, गोर्खा इङ्लिस बोर्डिङ स्कुलका अमित घले तृतीय र फेवा बोर्डिङ स्कुलका प्रवेश परियार सान्त्वना भए ।


कम्प्युटर टाइपिङ प्रतियोगितातर्फ कास्की मोर्डनाइज्ड एकेडेमीका दिक्पल गुरुङ प्रथम, साइनिङ स्टार बोर्डिङ स्कुल अग्रीम पाण्डे र लाविन रेसिडेन्सियल स्कुलका सक्षम थापा द्वितीय, त्रिवेणी पब्लिक माविका प्रमोद रानाभाट र नेसनल क्रियसन एकेडेमीका योजन पौडेल तृतीय तथा रिलायन्स पब्लिक इङ्लिस स्कुलका पुजन कँडेल, रत्नज्योति माविका स्वरुप तिवारी, पुष्पसदन एकेडेमीका प्रज्वल केसी र गोर्खा इङ्लिस बोर्डिङ स्कुलका डेनियल तामाङ सान्त्वना भएका छन् ।

Advertisement


एकल अभिनयमा कास्की मोर्डनाइज्ड एकेडेमीकी खुश्बु थापा प्रथम, सिद्धार्थ लबडेल बोर्डिङ स्कुलकी छिरिङ थिन्ले द्वितीय, डायमन्ड मोडल स्कुलकी सेविया सापकोटा तृतीय र मर्निङग्लोरी एकेडेमीक स्कुलकी मेनुका पौडेल सान्त्वना भए ।


चोयाबाट बनेका सामग्री प्रतियोगिता तर्फ मर्निङग्लोरी एकेडेमिक स्कुलका सुदीप राई र सरोज तामाङ तथा युनिभर्स बोर्डिङ स्कुलका रितिका गुरुङ र प्रतिक श्रेष्ठ प्रथम, गोर्खा इङ्लिस बोर्डिङ स्कुलका पूर्ण राना र सिमा पाटा द्वितीय, वागमारा एकेडेमिक गार्डेनका हिमाल गुरुङ र सुगम आचार्य तृतीय तथा ओएसिस एकेडेमीका कृष परियार र आभाष रानाभाट सान्त्वना भए ।

Advertisement


पराल वा छ्वालीबाट बनेका सामग्रीको प्रतियोगितामा मर्निङग्लोरी एकेडेमीक स्कुलका सरगम गिरी र मनिका आचार्य प्रथम, गोर्खा इङ्लिस बोर्डिङ स्कुलका रोशनी राना र रशिका गुरुङ द्वितीय, लाविन रेसिडेन्सियल स्कुलका सिम्रन कुमाल र श्रेया केसी तृतीय र फेवा बोर्डिङ स्कुलका ममता अधिकारी र प्रतिष्ठा विक सान्त्वना भएका छन् ।


पातबाट बनेका हस्तकलातर्फ मर्निङग्लोरीका मनिका नेपाली र स्मृति दाहाल, ज्ञानज्योति विद्याकुञ्ज माविका अनिषा थापा र नवीना विक प्रथम, गोर्खा इङ्लिस बोर्डिङ स्कुलका नाज्मा थापा र रचना मगर द्वितीय, न्यू ग्यालेक्सी माविका सोफिया क्षेत्री र सुमिना साहानी तृतीय र फेवा बोर्डिङ स्कुलका सम्पदा ढकाल र सपना पाण्डे सान्त्वना ठहरिए ।


अपसाइक्लिङ÷रिसाइक्लिङ प्रतियोगितामा रत्नज्योति माविका श्रेया गिरी र कंगना गुरुङ प्रथम, अल्फा एकेडेमीका दीया रानाभाट र निशान केसी द्वितीय, कास्की मोर्डनाइज्ड एकेडेमीका प्रनिशा गुरुङ र नितु खत्री तृतीय तथा गोर्खा इङ्लिस बोर्डिङ स्कुलका दिीया राना र विजय सुनार सान्त्वना बने ।


आविस्कार प्रतियोगितातर्फ रत्नज्योतिका रिविका गुरुङ र एन्जिला अधिकारी प्रथम, अक्सफोर्ड स्कुलका गौरव आचार्य र हिमाल आचार्य तथा कास्की मोर्डनाइज्ड एकेडेमीका सलिन महत र कृष्ण गुरुङ द्वितीय, अञ्जुली आवासीकाय प्रमिश अधिकारी र मेनुष्का पुन तृतीय तथा होली माउन्टका अभय विक र सुशान्त अधिकारी सान्त्वना भए ।


कवितावाचनमा साइनिङ स्टार बोर्डिङकी विना घिमिरे प्रथम, ज्ञानज्योति विद्याकुञ्जकी वुष्मा अधिकारी द्वितीय, अक्सफोर्ड स्कुलकी लिना गुरुङ तृतीय र कास्की मोर्डनाइज्डका कसिस गुरुङ सान्त्वना बने ।


एकल गायनतर्फ वड्स एकेडेमीका दीपलक्क्ष्य सुनार प्रथम, ज्ञानज्योतिका डेभिड सुनार द्वितीय, अक्सफोर्ड स्कुलका प्रिन्स लम्साल क्षेत्री र साइनिङ स्टारका अंशु पाण्डे तृतीय र नेसनल क्रियसन एकेडेमीका सौगात तामाङ सान्त्वना भए ।


समापन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले कला र संस्कृतिको जगेर्ना गर्ने काम एनप्याब्सन कास्कीले गरेको बताए । राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रमुख लक्ष्मण देवकोटाले महोत्सव विद्यार्थीका लागि कोषेढुंगा सावित भएको जनाए ।


एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, एनप्याब्सन कास्की सचिव प्रेमराज अधिकारीले लगायतले बोलेका थिए ।

महोत्सवका विभिन्न विधामा १ हजार ६ जना विद्यार्थी सहभागी थिए । ४७ विद्यालयको सहभागिता रहेको महोत्सव १ लाखभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया