पदयात्रामा मृत्यु भएकाको परिवारलाई १० लाख

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको पदयात्रामा मृत्यु भएका ट्रेकिङ गाइड तुलबहादुुरको परिवारले १० लाख पाएको छ । गएको भदौ ३० गते अन्नपूर्ण पदयात्राका क्रममा तुलबहादुरको मृत्यु भएपछि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आइतबार परिवारलाई इन्सुरेन्सबाट प्राप्त भएको रकम हस्तान्तरण गरेको हो ।
तुलबहादुरका श्रीमतीद्वय मीनाकुमारी गुरुङ र पदमसुवा तामाङलाई चेकमार्फत १० लाख रुपैयाँ चेक हस्तान्तरण गरिएको टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । टान गण्डकी सदस्य रहेको इस्टर्न लाइट ट्रेक्स एन्ड एक्सपिडिसनमा काम गर्ने तुलबहादुर त्यस दिन कोरियन टोलीलाई अन्नपूर्णको पदयात्रामा लिएर गएका थिए ।
पदयात्राका जाँदा बिरामी भएपछि उनलाई उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएकोमा सोही दिन बेलुका उनको मृत्यु भएको थियो । मृत्युपछि टानले इन्सुरेन्स कम्पनीसँग दुर्घटना बिमा दाबी गरेको थियो । टानले आफू अन्तर्गतका १ सय ६३ वटै टे«किङ कम्पनीमा आवद्ध कर्मचारीको सुरक्षाका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग दुर्घटना बिमा गराएको छ ।
ट्रेकिङका क्रममा तुलबहादरको मृत्यु भएपछि टानले गरेको बिमा अन्तर्गत भुक्तानी गरिएको इन्सुरेन्सका गोविन्द देवकोटाले जानकारी दिए । टानले यसअघि दुर्घटनामा परेर मृत्यु हुने ५ जनाको परिवारलाई दुर्घटना बिमाको रकम हस्तान्तरण गरिसकेको छ ।








गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया