नेत्रहीन फाउन्डेसनलाई अमेरिकाबाट सहयोग
पोखरा ।
नेपाल नेत्रहीन विद्यार्थी फाउन्डेसन पोखरालाई पोखरास्थित गण्डकी बोर्डिङ स्कुल लामाचौरका पूर्वविद्यार्थीहरुको संगठन एग्बोसाले फाउन्डेसनको विभिन्न कार्यको सहयोगार्थ अमेरिकी डलर २ हजार ८ सय ३९ सहयोग प्रदान गरेको छ ।
अमेरिकास्थित इम्पावर नेपाल फाउन्डेसनले म्याचिङ फन्डको रूपमा जम्मा गरी हालै फाउन्डेसनको पोखराको एभरेस्ट बैंकको खातामा रकम स्थानान्तरण गरेको जनाएको छ ।
यसैगरी नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेसनलाई इम्पावर नेपाल फाउन्डेसन युएसएले अमेरिकी डलर ४ हजार ६०० का दरले विगतका वर्षहरुमा ३ पटक सहयोग उपलब्ध गराई फाउन्डेसनको इतिहासमै सबैभन्दा बढी सहयोग गर्ने संस्था भएको छ ।
बेलायतस्थित एग्बोसाका अध्यक्ष डा कमल अर्यालको सयोजकत्वमा निम्न उल्लेखित पूर्व विद्यार्थीहरु देवकुमार गुरुङ, कमल अर्याल, नवीन गौचन, नगेन्द्र शाह, प्रगति ओझा, कुमार सिम्खडा, तर्कजङ गुरुङ, महेश गुरुङ, विन्दु सापकोटा, टंकप्रसाद गुरुङ, महेश सापकोटा, ललिता पुन, यामबहादुर गुरुङ, लक्ष्मण गुरुङ, नवीन गुरुङ, विजय गुरुङ, हेमु गुरुड, ठाकुर गुरुङ, शमसेर गुरुङ, डोलराज गुरुङ, सुरेश गुरुङ, टीका गुरुङ, राजु सापकोटा, लक्ष गुरुङ र आशिष ताज्या गरी जम्मा युएस डलर १ हजार २ सय ४९ दशमलव ७७ रकम सहयोग संकलन गरी एकमुष्ठ इम्पावर नेपाल फाउन्डेसन अमेरिकामा (इएनउफ युएसए) पेस गर्न एग्बोसा नर्थ अमेरिकाका अध्यक्ष डम्बर गुरुङको जिम्मा हुने गरी पठाइएको थियो ।
त्यसैगरी नर्थ अमेरिकामा रहेका एग्बोसाका सदस्यद्वारा अध्यक्ष डम्बर गुरुङको संयोजकत्वमा अमेरिकी डलर १ हजरा ५ सय ८९ दशमलव २३ डोनेसन प्राप्त भएको थियो ।.
यस प्रकार एग्बोसा युके र एग्बोसा नर्थ अमेरिका गरी जम्मा युएस डलर २ हजार ८ सय ३९ एकमुष्ठ रकम म्याचिङ फन्डको रूपमा अध्यक्ष डम्बर गुरुङद्वारा इम्पावर नेपाल फाउन्डेसनको खातामा जम्मा गरिएको थियो । नर्थ अमेरिकाका सहयोग गर्ने तल उल्लेखित एग्बोसाका विद्यार्थीहरुलाई नेत्रहीन विद्यार्थी फाउन्डेसनले धन्यवाद ज्ञापन गरेको छ ।
डम्मर गुरुङ, मनोज श्रेष्ठ, सुदीप प्रधानांग, हरि रसिक घिमिरे, मोहन थापा, लक्ष्मण पोखरेल, विकास भण्डारी, सुरेन्द्र लामा, मोहन ज्ञवाली, सञ्जीव कर्माचार्य, सुनीता घले थापा, विमल अर्याल, अनुज कँडेल, मीता वैद्य, अञ्जिला श्रेष्ठ, आर्य अर्याल, अमीर भुजेल र बुद्ध गुरुङले सहयोग गरेका हुन् । गोरखा मिलन समाजको छात्रवृत्ति कार्यकमलाई इएनएफ अमेरिकाले ६ हजार अमेरिकी डलर सहयोग गरी प्राविधिक विषय अध्ययन गर्ने ३६ जना गोरखाली विद्यार्थीलाई विशेष सहयोग पु¥याएको थियो ।
डा. बालकृष्ण शर्माको संयोजकत्वमा उक छात्रवृत्ति रकम उपलब्ध गराइएको थियो । ३ हजार डलरको म्याचिङ फन्ड उठाएर इएनएफ पेस गर्ने महत्वपूर्ण भूमिका समाजकै पूर्व सदस्य डा कृष्णप्रसाद देवकोटाको योगदानप्रति फाउन्डेसनले आभार व्यक्त गरेको छ । इम्पावर नेपाल फाउन्डेसन अमेरिकाले एगबोसाद्वारा संकलित रकम अमेरिकी डलर २ हजरा ८ सय ३९ फाउन्डेसनको खातामा बैंक ट्रान्सफर गरिसकेको छ ।
फाउन्डेसनले यस वर्ष २०८० चैतभित्र सञ्चालन गर्ने नेत्रहीन विद्यार्थीका आँखा परीक्षण तथा सर्जरी, एफएन विएस म्युजिक क्लब सञ्चालन, रेडियो प्रस्तोता तथा कम्प्युटर तालिम, शैक्षिक भ्रमण, शिक्षक तालिम तथा नेत्रहीन छात्रावासमा ल्यापटप वितरण कार्य समाप्त भएको फोटोसहितको प्रतिवेदन प्राप्त हुनासाथ सो बराबरको रकम ग्रान्ट फन्ड फाउन्डेसनलाई उपलब्ध गराउने इएनएफले पठाउने जानकारी प्राप्त भएको संस्थाका कोअर्डिनेटर शिवलाल धितालले जनाए ।
तपाईको प्रतिक्रिया