पाठ्यक्रम बनाउने जिम्मा स्थानीय तहलाई दिनुपर्छः सासंद भट्टराई

समाधान संवाददाता २०८० पुष ९ गते १२:४९

पोखरा ।
प्रतिनिधि सभासदस्य विद्या भट्टराईले पाठ्यक्रम बनाउन सक्ने व्यवस्था स्थानीय तहलाई नै दिनुपर्ने बताएकी छन् ।


आइतबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भट्टराईले विद्यालय शिक्षा विधेयकमा स्थानीय तह आफैँले आफ्नो पाठ्यक्रम बनाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी हुन् ।


पाठ्यक्रमको सन्दर्भमा संघले स्थानीय तहलाई नै जिम्मा दिई, संविधानमा आधारित भएर आधारभूत र मौलिक मर्महरुलाई ध्यानमा राखि काम गरेमा उद्देश्य पूरा गर्न सकिने उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया