इन्द्रराज्य माविमा खेलकुद

समाधान संवाददाता २०८० पुष ९ गते १३:२७

पोखरा ।
इन्द्रराज्य लक्ष्मी माविको वार्षिक खेलकुद आइतबार शुभारम्भ भएको छ । विव्यस अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शिअसंघ अध्यक्ष राजकुमार क्षेत्री विव्यस सदस्य चित्रबहादुर थापा, विव्यस सदस्य निर्मल थापा, भुवन थापा, प्रअ केशवप्रसाद अम्गाई सप्रअ बलबहादुर श्रेष्ठ, खेल संयोजक विशाल नेपाली सहसंयोजक गोपाल गुरुङ लेखापाल शंकर केसी, लेखा सहायक सुनीता केसी लगायतको उपस्थिति थियो ।

Advertisement

अध्यक्षद्वारा रेफ्रीद्वय सन्तोष आचार्य तथा लक्ष्मण देवकोटालाई फुटबल हस्तान्तरण गरी व्यवस्थापन ११ ख र विज्ञान ११ बीचको पहिलो खेलको उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया