नेल्टा गण्डकीमा नयाँ समिति

पोखरा ।
अंग्रेजी भाषा शिक्षकको संगठन (नेल्टा) गण्डकी प्रदेश अध्यक्षमा कमलराज लम्साल चुनिएका छन् । शनिबार पोखरामा भएको दोस्रो प्रदेश सम्मेलन तथा छैटौं वार्षिक साधारण सभाले लम्सालको नेतृत्वमा आगामी ३ वर्षका लागि नयाँ समिति चुनेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. पीताम्बर पौडेल, उपाध्यक्ष सञ्जय अधिकारी, महासचिव मुकेश कुमार अधिकारी, सचिव विनोद न्यौपाने र कोषाध्यक्षमा तीर्थराज कँडेल छन् ।
सदस्य सचिवमा देव शर्मा र सदस्यहरुमा विजयराज रानाभाट, प्रकाश रिजाल र सीता गौडेल छन् । नेल्टाको विधान अनुसार जिल्ला अध्यक्ष प्रदेश समितिमा पदेन सदस्य रहने व्यवस्थाअनुसार कास्कीबाट अजय थापा, गोरखाबाट रामचन्द्र दुवाडी, तनहुँबाट लालप्रसाद भट्टराई, नवलपुरबाट तीर्थराज कँडेल छन् ।
नेल्टा गण्डकी अध्यक्ष डा नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राड प्रेमराज अर्याल, नेल्टा केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान, सल्लाहकार हेमन्तराज दाहाल, आन्द्रे पेरेज, नेल्टा महासचिव लक्ष्मणबाबु आचार्य, मुकेशकुमार अधिकारी लगायतले बोलेका थिए ।
यसैबीच, नेल्टा गण्डकीको जर्नल प्रकाशनार्थ विनोद न्यौपाने प्रमुख सम्पादक रहेको ३ सदस्यीय सम्पादक मण्डल गठन गरिएको छ ।








हाटबजार र कृषि प्रणाली
सम्पादकीय—आप्रवासनमा नारा र व्यवहारबिच खाडल
पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया