हिमालयन टोलमा कृष्ण

समाधान संवाददाता २०८० पुष ९ गते १३:३०

पोखरा ।
पोखरा ३० मा रहेको हिमालयन हाइल्यान्ड टोल विकास संस्थाको अध्यक्षमा कृष्ण सुवेदी चयन भएका छन् । संस्थाको छैटौं साधारण सभा तथा चौथो अधिवेशनबाट उपाध्यक्षमा इन्दिरा शर्मा, सचिव खेम सुवेदी, कोषाध्यक्ष विष्णु दाहाल र सहसचिवमा देविलाल पौडेल चुनिए ।


सदस्यमा शिवकुमारी श्रेष्ठ, सोचना राजभण्ढारी, सुनिता भुजेल र महेश गौतम छन् । कार्यक्रममा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले टोल विकास संस्था महानगरपालिकाको जग भएको बताइन् । प्रत्येक टोल विकास संस्थाको समृद्धि नै पोखरा महानगरको समृद्धि भएको उनले जनाइन् ।

कार्यक्रममा पोखरा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३० का वडा सदस्य देवेन्द्रराज अधिकारी, संस्थाका संस्थापक अध्यक्ष डा ऋषि ढकाल, समाजसेवी पदमराज आचार्य, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारी, अशोका टोल विकास संस्थाका अध्यक्ष रवि बास्तोला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया