तेक्वान्दो संघले हल बनाउने

पोखरा ।
कास्की जिल्ला तेक्वान्दो संघले प्रशिक्षण हल निर्माण प्रक्रिया सुरु गर्ने भएको छ । पोखरामा शनिबार सम्पन्न संघको १४ औं वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो । उक्त प्रशिक्षण हल १ वर्ष अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरेका थिए ।
पोखरा रंगशालामा निर्माण हुने प्रशिक्षणहलको नक्सा समेत राखेपले स्विकृत समेत गरेको संघका अध्यक्ष कुमार गुरुङले जनाएका छन् । ‘हामी अब हल निर्माणको तयारीमा जुट्ने छौं, हामीसँग जे जति रकम उपलब्धता छ त्यसको सदुपयोग हल निर्माणका लागि हुनेछ,’ उनले भने ।
१४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले समेत प्रशिक्षण हल निर्माणको विषयलाई जोड दिँदै प्रविधिमैत्री खेल सामाग्रीको प्रयोगसँगै खेलाडीहरुको क्षमता अभिवृद्धिको विषयमा संघले आफ्ना गतिविधिहरु अघि बढाउनुपर्ने बताए ।
खेलकुदमा सुशासन कायम गर्न साधारण सभाहरुको महत्व रहेको जनाउँदै उपाध्यक्ष गुरुङले कास्की तेक्वान्दो यो पक्षमा संधै अघि रहेको उल्लेख गर्दै प्रदेश खेलकुदले समेत यस प्रकारका कार्यक्रमहरु लाई बढी जोड दिएको बताए । उनले भने, ‘खेलकुदमा सुशासन नहुँदा समस्या आएको छ । हामी त्यसलाई नतिजामुखी बनाउन प्रयासरत छौं । सबै खेल संघहरुले यो विषयलाई गम्भिर रुपमा आत्मसात गर्नुपर्छ ।’
संघका सल्लाहकार एवं ओलम्पियन नारायण गुरुङले प्रशिक्षण हल निर्माण ढिलो हुन गएको विषयमा चासो व्यक्त गर्दै हल निर्माणका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘यहाँ सहयोग गर्ने धेरै साथीहरु हुनुहुन्छ । मेरो तर्फबाट समेत पहल गर्नेछु । हल निर्माणको काम सुरु गर्नुहोस ।’ मार्सल आर्ट खेलमा सबैभन्दा उत्कृष्ट तेक्वान्दो खेलको विकासका लागि सबैको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहेको जनाउँदै पूर्व खेलाडीहरुको योगदानलाई बिर्सन नहुने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव एवं अग्रज पत्रकार रमेश पौडेलले कास्की तेक्वान्दो संघले उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दै खेलाडी उत्पादन र नतिजामा विशेष ध्यान दिन आग्रह गरे । उनले हल निर्माणको विषय लामो समय देखि थाती रहेको जनाउँदै यथाशीघ्र पहल सुरु गर्न आग्रह समेत गरे । कार्यक्रममा खेलकुद पत्रकारितामा योगदान दिएकोमा केशव पाठक, सिनियर तेक्वान्दो प्रशिक्षकद्वय बलराम लामा र सुनबहादुर लामालाई सम्मान गरिएको थियो ।
संघका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, संघका उपाध्यक्ष कुलचन्द्र शर्मा, सचिव दीपेन्द्र पाहारीलगायतले आ–आफ्ना भनाइ राखेका थिए । यसै बिच संघका सचिव दीपेन्द्र पाहारी द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष किरण गौतमले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।








लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
कृषि उद्यम र पुम्दीकोटको धार्मिक पर्यटन उचाल्ने चन्द्रकान्त बराल पोखरा रत्न
चिकित्सा सेवाबाट पोखरा रत्न बने डा. बुद्धिबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया