पहारी कुल समितिमा जगत

समाधान संवाददाता २०८० पुष ९ गते १३:४९

पोखरा ।
पहारी कुल संरक्षण समिति नेपालको राष्ट्रिय अध्यक्षमा जगतबहादुर पहारी चुनिएका छन् । शनिबार भएको समितिको ४० औ वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनले जगतको अध्यक्षतामा नयाँ समिति चुनेको हो ।

Advertisement


समितको प्रथम उपाध्यक्षमा बलराम पहारी, द्वितीय उपाध्यक्ष दुर्गादेवी, सचिव बासु, कोषाअध्यक्ष प्रेमराज, सचिव हरिबहादुर र सहकोषाअध्यक्षमा खिमलाल पहारी निर्वाचित भए । सदस्यमा चित्रबहादुर, केशव, महेश्वर, गोविन्दबहादुर, सुशीला, हरिकृष्ण, हेमा, पुष्पा, सीता, लता, गोविन्द, सूर्यनाथ, निर्मल, सुभिल, लक्ष्मी, चन्द्रबहादुर, नवराज र नारायण पहारी छन ।


समितिको संरक्षकमा राजीव पहारी, सल्लाहकार सभापतिमा गोविन्दराज पहारी र सदस्यमा पर्शराम पहारी छन् । प्राविधिक समितिमा वेदराज पहारी, गुरुदत्त, पे्रमराज, चूडामणि, अनुसा, हरिराज, डा. भरतराज, डा. थानेश्वर, इ माधव, अध्यूत र मिडिया सल्लाहकारमा गणेश पहारी छन् ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेशमा पूर्व पूर्व राजीव पहारीले पहारीहरुको पहिलो पटक प्रकाशित वंशावली सार्वजनिक गरे । उनले नेपालभरि छरिएर रहेका पहारीहरुको पुस्ताबारे जानकारी पाउने वंशावली उपयोगी हुने जनाए । उनले कुल मन्दिर रहेको डाँडालाई गुरुयोजना अनुरुप काम गरी धार्मिक पर्यटकीय स्थल बनाउनुपर्नेमा उनको जोड छ ।


अध्यक्ष गोविन्दराज पहारीले पहारी थर अत्रि गोत्रको पहिलो पटक वंशावली प्रकाशन गरी ऐतिहासिक दस्तावेज बनेको उल्लेख गरे । वंशावली प्रकाशन समिति संयोजक प्रेमराज पहारीले पहारीहरुको उदंगम स्थल अनुसन्धान गरी पत्ता लगाउन र पुर्खाबारे बुझाउन बंशावली प्रकाशन भएको जनाए । कार्यक्रममा सचिव जगत पहारी, उपाअध्यक्ष दुर्गादेवी पहारी, कोषाध्यक्ष पर्शुराम पहारी, सल्लाहकार चूडामणि पहारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया