साना किसान सहकारीको सभा

लेखनाथ ।
गण्डकी प्रदेशकी ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरास्वती तिवारीले किसान कहिल्यै पनि सानो नहुने बताएकी छन् । पोखरा ३१ को बेगनासमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभामा मन्त्री तिवारीले किसानको माध्यमबाट उत्पादित अन्नले जीवन चल्ने जनाउँदै उनले किसान सानो वा तल्लो वर्गको हुनै नसक्ने जनाइन् ।
न्यून आय भएका किसानलाई सहकारीमा जोडेर राष्ट्रिय उत्पादनमा सहयोग पुग्ने खालका कार्यक्रम ल्याउन उनले अनुरोध गरिन् । मन्त्री तिवारीले सरकारीको अनुदान सदुपयोग नभएको पाइएकाले कृषि उत्पादनका आधारमा लक्षित कृषकलाई अनुदान दिने गण्डकी प्रदेश सरकारको नीति रहेको सुनाइन् । अब कृषिलाई परम्परागत भन्दा पनि वैज्ञानिक तवरले अघि बढाएर व्यावसायिक कृषिको यात्रा लाग्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व डिन ईन्द्रप्रसाद तिवारीले विशिष्ट किसिमका नमुना कार्य गर्न सुझाव दिए । पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले सहकारीमा आबद्ध भएर बचत गर्ने र ऋिण लिनेमात्र नगरी भविष्यका लागि सोचेर नयाँ कामको थालनी गर्न सुझाए ।
सहकारीका उपाध्यक्ष तारामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सञ्चालक कृष्णप्रसाद ढुंगाना, सल्लाहकार शान्ति खनाल र कृष्णप्रसाद तिमिल्सिेना, रुपाताल मत्य सहकारी अध्यक्ष शिवराज लामिछाने, सल्लाहकार पुष्पकमल ढुंगाना, सेयर सदस्य रविमोहन ढकाल, सदस्य गोपीचन्द्र बास्तोला, अमरसिद्ध माविका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, पूर्व न्यायाधीश डिल्लीरमण तिवारी, निवर्तमान अध्यक्ष भोलानाथ तिवारी, सञ्चालक शिव भुजेल लगायतले बोलेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कृषक, उत्कृष्ट समूह, ज्येष्ठ नागरिक सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो । ५ करोड ३१ लाख ९७ हजार सेयर पुँजी रहेको यो सहकारीमा १ हजार ७ सय १७ सेयर सदस्य छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया