लायन्सका दुई क्लबबीच मितेरी साइनो

पोखरा ।
पोखराको लायन्स क्लब अफ पोखरा ग्यालेक्सी र हेटौंडा बजार लायन्स क्लबबीच मितेरी सम्बन्ध कायम भएको छ । सामाजिक कार्यमा सहकार्य गर्ने तथा क्लबका सदस्यहरुबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले २ क्लबबीच मितेरी सम्बन्ध कायम गरिएको हो । पोखरामा भएको कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको पोखरा ग्यालेक्सी र डिस्ट्रिक्ट ३२५ एस अन्तर्गतको हेटौंडा बजारबीच अन्तरक्लब मितेरी सम्बन्धको पत्र आदानप्रदान भएको छ ।
पोखरा ग्यालेक्सीका अध्यक्ष अम्बरबहादुर थापा र हेटौंडा बजारका अध्यक्ष होमनाथ खनालले एक आपसमा पत्र आदानप्रदान गर्दे आगामि दिनमा सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर सुचित्रा थापाले २ सहरका, २ डिस्ट्रिकका फरक क्लबबीच भएको सहकार्यले लायनबादको यात्रालाई अझ मझबुत बनाउँदै लायन्सको माध्यमबाट हुने समाजसेवाको कार्य अझै प्रभावकारी हुने बताइन् ।
२ क्लबबीच भएको मितेरी साइनोलाई डिस्ट्रिक्ट ३२५ के नेपालका निवर्तमान गभर्नर राजेन्द्रकुमार बाटाजु, द्वितीय गभनएर दुर्गाप्रसाद हुमागाईं लगायतले मितेरी सम्बन्ध मझबुत हुँदै जाओस् भन्दै शुभकामना दिएका थिए । कार्यक्रम संयोजन ग्यालेक्सीका प्रथम उपाध्यक्ष राजेन्द्र आचार्यले गरेका थिए ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया