माछापुच्छ्रे बैंकबाट अनधिकृतरूपमा पैसा निकाल्ने व्यक्ति कतारबाट पक्राउ

समाधान संवाददाता २०८० पुष १० गते ८:४२

काठमाडौं ।
माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रुपैयाँ अनधिकृतरूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटीएम कार्डमार्फत निकालेको आरोप लागेका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासवान पक्राउ परेका छन् ।

Advertisement

घटनालगत्तै उनी वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । उनलाई प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ परेका हुन् । उनलाई सोमबार नेपाल ल्याइएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया