क्रस कन्ट्री दौडमा आर्मीको बर्चश्व

पोखरा ।
स्याङ्जाको कोल्मामा भएको क्रस कन्ट्री दौडमा आर्मीले बर्चश्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रस कन्ट्री दौडमा आर्मीका धावकहरुले बर्चश्व कायम गरेका हुन् ।
क्रसकन्ट्री दौडको उपाधि त्रिभुवन आर्मीका गोपाल तामाङले जितेका छन् भने आर्मीकै सञ्जय श्रेष्ठ र सुशीलकुमार शाही उपविजेता र सेकेन्ड रनर अप हुन सफल भएका छन् । निर्धारित दूरी २५ किमी १ घन्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गर्दै आर्मीका गोपालले उपाधिसँगै नगद ५० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे ।
दूरी १ घण्टा ३३ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीकै सञ्जय उपविजेता बने । उनले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आर्मीकै सुशीलकुमार शाहीले तेस्रो स्थानसहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उनले निर्धारित दूरी १ घन्टा ३४ मिनेट २ सेकेन्डमा पूरा गरेका थिए ।
२१ वर्ष मुनिको १० किमी पुरुष खुला दौडतर्फ तनहुँका सनम गुरुङले ४१ मिनेट १४ सेकेन्डमा पार गर्दै उपाधि हात पारे । गुरुङले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । सोही दूरी ४२ मिनेट ४३ सेकेन्डमा पार गर्दै पोखराका तेन्जेन रोका उपविजेता बन्न पुगे । रोकाले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रापत गरे ।
पोखराकै मनोज रोकाले ४२ मिनेट ५५ सेकेन्डमा पार गर्दै तृतीय स्थानसँगै नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । महिलातर्फको ५ किमी दौडको उपाधि जुम्लाका राममाया बुढाले हात पारिन् । बुढाले निर्धारित दूरी २१ मिनेट १८ सेकेन्डमा पार गर्दै उपाधिसँगै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएकी हुन् ।
तोकिएको दूरी २३ मिनेट १६ सेकेन्डमा पार गर्दै दाङकी सुस्मिताकुमारी चौधरी उपविजेता बनिन् । उनले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । पोखराका नितु तामाङले निर्धारित दूरी २५ मिनेट ३७ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भईन । तामाङले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन् ।
प्रतियोगिताका विजेतालाई बन्जी नेपाल पोखराले बन्जीका लागि समेत फ्री टिकट उपलब्ध गराएको छ । प्रतियोगितामा ११ वर्षीय एन्जिला जिटी सबभन्दा कम उमेर र ५८ वर्षीय गोविन्द नेपालीले समेत सहभागीता जनाएका थिए ।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, गण्डकी प्रदेशका पूर्वमन्त्रीहरु दीपक चर्ती मगर र मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व सांसद मीनप्रसाद गुरुङ, पुतलीबजार नगरपालिका मेयर तुलसीराम रेग्मी, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुतप्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिंखडाले खेलकुदको माध्यमबाट ग्रामीण क्षेत्रको विकासमा थप टेवा पुग्ने बताइन् । उनले कोल्माको विकासका लागि आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने जनाइन् । पूर्व मन्त्री मेखलाल श्रेष्ठले सातसय कोल्मा सम्पर्क मञ्चले राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गरी खेलकै माध्यमबाट कोल्मामा पर्यटक भित्र्याउन सफल भएको जनाए ।
अर्का पूर्वमन्त्री दीपक चर्तीमगरले खेलकुदकै माध्यमबाट स्याङ्जा र तनहँको सिमानामा पर्ने कोेल्मालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको वताए । नेकपा एमाले गण्डकी प्रदेशक उपाध्यक्ष तथा पूर्व गण्डकी प्रदेश सभासद मीनप्रसाद गुरुङले कोल्माको विकासका लागि आफू सधैं तत्पर रहेको सुनाए ।
पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले पुलतीबजार ८ र ९ को विकाससँगै कोल्मा खेलकुद मैदानका लागि नगरपालिकाबाट सहयोग गर्ने जनाए । उनले गाउँ फर्किने अभियान कोल्माबाट सुरु भएको र यसलाई अन्य गाउका मानिसले समेत सिको गर्नुपर्ने औंल्याए ।
सो अवसरमा सातौं दक्षिण एसियन कराँते खेलमा कुमिते क्याटगोरीमा स्वर्ण पदक विजेता तनहु देवघाट ५ का पार्वती गुरुङलाई सम्मान गरिएको थियो । सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुतप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका अक्षयकोष संयोजक चित्रबहादुर गुरुङ, पुतलीबजार नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लीलप्रसाद गुरुङ, मञ्चका महासचिव जीवन पोख्रेल र सचिव जीवन थापामगरले बोलेका थिए ।








मुम्बईमा आइसिसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर
सार्वजनिक सुनुवाइमा अन्नपूर्णका स्थानीयका गुनासै गुनासा
गोदरेजका वासिङ मेसिनमा कम्प्रिहेन्सिभ वारेन्टी
देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सामग्री बाँड्दै एनसेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया