पोखराका राजेशलाई रजत पदक
समाधान संवाददाता
२०८० पुष १० गते १३:०९
पोखरा ।
भारतको हैदरावादमा पुस २ देखि ५ गतेसम्म सञ्चालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आइबिपी च्याम्पियनसिप २०२३ मा पोखराका राजेश सुवालले आइबिपी च्याम्पियनसिप अन्तर्गत रजत पदक जितेका छन् ।
उनी पोखरा तालचोकमा अवस्थित पावर जिम एन्ड फिट्नेसका सञ्चालक तथा प्रशिक्षक हुन् । लालबहादुर शास्त्री स्टेडियममा ४ दिनसम्म भएको खेलमा युरोप, अमेरिका र एसिया लगायतका १६ मुलुकका ३ सयभन्दा धेरै खेलाडीको सहभागीता थियो ।
उनले मास्टर १ को ९५ केजीतौल समूह, १ सय ३५ केजी र १ सय ४२.५ केजी गरी २ सय ७७.५ केजी तौल उठाएका हुन् । पहिलो स्थान भने भारतका खेलाडीले जितेका छन् । राजेशले ३ वर्षअघि भारतमा नै भएको विश्व पावर लिफ्टिङ प्रतियोगितामा पनि पदक जित्न जितेका थिए ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया