गण्डकीलाई बालमैत्री बनाउन माग

पोखरा ।
बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुले गण्डकीलाई बालमैत्री प्रदेश बनाउन माग गरेका छन् । ती संस्थाले आइतबार गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई बुझाएको ध्यानाकर्षण पत्रमा बालमैत्री समृद्ध नेपाल गर्ने लक्ष्यमा सामेल हुन माग गरेको कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिए ।
ध्यानाकर्षणपत्रमा नीति निर्माण र योजना तर्जुमामा बाल सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । ‘बाल अधिकारका लागि अभियानरत संस्था तथा सञ्जालको समन्वय र सहकार्यमा बाल मैत्री प्रदेशको रुपमा अगाडि बढाउन तत्काल आवश्यक पहल गरियोस्,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘बालमैत्री स्थानीय शासन सहजीकरण गरिरहेका राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा सञ्जालको सहभागितामा बालमैत्री प्रदेश घोषणा गर्न काम अगाडि बढाइयोस् ।’
ध्यानाकर्षणपत्रमा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्यविधि २०७४ अनुसार बालबालिकाको क्षेत्रमा काम गर्न आग्रह गरिएको छ । कन्सोर्टियम नेपाल, युवालय, बालिका दुलही होइनन् नेपाल, नेशनल एलाइन्स फर चिल्ड्रेन ग्रिफ (एनएसिजी) इन्सेक गण्डकी लगायतका संस्थाले संयुक्त रुपमा बुझाएको ध्यानाकर्षणपत्रमा प्रादेशिक तहमा बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार बाल बालिका र युवाको अधिकारको क्षेत्रमा काम गर्न माग गरिएको छ ।
गण्डकी प्रदेशका अब बन्ने संरचना तथा भौतिक पूर्वाधारहरुलाई बालमैत्री, बालिबालिकाका लागि सुरक्षित र सबैको लागि पहँुच योग्य बनाउन आग्रह गरिएको छ । ध्यानाकर्षणपत्रमा दिगो विकास लक्ष्यले परिकल्पना गरेको नेपालमा बाल विवाह अन्त्यको लक्ष्य प्राप्तिका लागि छिटोभन्दा छिटो आवश्यक पहलकद्मी गर्न माग गरेको कन्सोर्टियम नेपालका अध्यक्ष महर्जनले बताए ।
यसै गरी कन्सोर्टियम नेपाल गण्डकी लगायतका संघ, संस्थाले बाल विवाह अन्त्यका लागि बाल सहभागितामा संवाद कार्यक्रम गरेका छन् । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले बाल अधिकार सुनिश्चित गर्ने सवाल स्थानीय तहको टाउको दुखाईको विषय बनेको बताए ।
बालबालिकाको क्षेत्रमा लगानी बढाउन स्थानीय तहलाई दबाव दिनुपर्ने उल्लेख गर्दै उनले बाल अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले दातृ निकायको परियोजना भन्दा पनि आफ्नै सीमित स्रोत र साधनको आधारमा दिगो र प्रभावकारी काम गर्न सकिने दाबी गरे ।
कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य विजयकुमार प्रधान, गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्का, कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कास्कीका संयोजक शिवराज शर्मा सुवेदी, नेपाल बाल संगठन कास्कीका अध्यक्ष वामदेव ढुंगाना, बालिका दुलही हैनन् नेपालका राष्ट्रिय संयोजक निरिजना भट्ट, नेसनल एलाइन्स फर चिल्ड्रेन ग्रिफ (एनएसिजी) नेपालका अध्यक्ष किरण थापा, बाल हितकारी परियोजना नेपालका कार्यक्रम संयोजक केशव पौडेल, जिल्ला बाल मञ्च कास्की अध्यक्ष समीक्षा लामिछाने, कन्सोर्टियम नेपाल गण्डकीका संयोजक डिल्लीराम शर्मा, संस्थाका सदस्य क्षमता खड्का लगायतले बाल अधिकारका बारेमा बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया