क्रिकेट प्रतियोगितामा बेगनास विजयी

समाधान संवाददाता २०८० पुष १२ गते १२:१५

पोखरा, ११ पुस
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा टिम बेगनास ५७ रनले विजयी भएको छ । पहिला ब्याटिङ गरेको बेगनासले ३५.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ६४ रन बनायो ।


बेगनासको ब्याटिङमा अभिषेक बस्नेतले ५५, कृष्ण पौडेलले ४६ तथा रोहित चन्दले १४ रन बनाए । दिपाङका बलरहरु विधान श्रेष्ठले ४ तथा नितेश गिरी र मुकेश गुप्ताले समान २ विकेट लिए । जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा टिम दिपङले ३० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ७ रनमात्रै बनाउन सक्यो ।


दिपाङका ब्याट्स्म्यानहरु मुकेश गुप्ताले ४०, आश्विन अधिकारीले १९ तथा प्रमोद बाँस्तोलाले १७ रन बनाए । बेगनासका बलरहरु कृष्ण पौडेलले ५ तथा रवि गुरुङले २ विकेट लिए । खेलमा बेगनासका कृष्ण पौडेल प्लेयर अफ द म्याच भए । उनलाई प्रादेशिक खेलकुद परिषद् गण्डकीका सदस्य ऋषिराम गौतम र कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कृत गरे ।

Advertisement

तपाईको प्रतिक्रिया