आहा रारा माघ ९ बाट हुने

समाधान संवाददाता २०८० पुष १३ गते ११:२०

पोखरा ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यसपालि माघ ९ गतेबाट हुने भएको छ । प्रतियोगिताको २३ औं संस्करण माघ २० गतेसम्म चल्नेछ ।


अखिल नेपाल फुटबल संघले आयोजकलाई यो समय तालिका उपलब्ध गराएको हो । प्रतियोगितामा विदेशी टिम, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुने छन् ।


प्रतियोगिताका विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद प्रदान गरिनेछ । प्रतियोगिताले पोखरालाई खेलकुदको सहरका रुपमा चिनाउनुका साथै पर्यटन प्रवर्धनमा पनि योगदान गर्ने क्लबका महासचिज रामजीप्रसाद अधिकारी बताउँछन् ।

Advertisement


२२ औं संस्करणको प्रतियोगितामासंकटा क्लब काठमाण्डौं विजेता र भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका उपविजेता बनेका थिए । २३ वर्षदेखि निरन्तर हुँदै आएको प्रतियोगिताबाट हुने बचत क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ । एकेडेमीमा हाल चौँथो ब्याचका १४ बालक आश्रित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया