विद्यार्थीलाई स्वेटर सहयाेग

समाधान संवाददाता २०८० पुष १३ गते ११:२३

पोखरा ।
न्युरोड युवा क्लबले महेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरेको छ । चिसोबाट जोगाउन २२ विद्यार्थीलाई स्वेटर प्रदान गरिएको क्लब अध्यक्ष वंशदसिंह खवासले बताए ।


सरकारी विद्यालयका विद्यार्थीलाई क्लबले आवश्यकता अनुसार सहयोग गर्दै आएको उनले जनाए । कार्यक्रममा पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले समेत बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया