छोम्रोङमा ल्होसार मेला सुरू

पोखरा ।
अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित छोम्रोङमा २२ औं सेन्चुरी ल्होसार मेला सुरू भएको छ । सेन्चुरी युवा क्लबले आयोजना गरेको मेला गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बिहीबार उद्घाटन गरे ।
मेला १५ पुससम्म चल्नेछ । सांसद बरालले छोम्रोङमा अधुरो रहेको टेनिस कोर्ट निर्माण पूरा गर्ने प्रतिबद्धता जनाए । अन्नपूर्ण आधार शिविर पदमार्गको स्तरोन्नति गर्न पनि प्रदेश सरकारसँग बजेटका लागि समेत पहल गर्ने उनले जनाए ।
अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरूङले केन्द्रीय विद्युतको पहुँच अन्नपूर्ण आधार शिविरसम्म पु¥याउन पहल भइरहेको जानकारी दिए । मेलामा क्लबस्तरीय पुरूष भलिबल र बास्केटबल प्रतियोगिता, ठेलो प्रतियोगिता, रस्साकस्सी र घैंटो फुटाउने प्रतियोगिता हुने छन् ।
पुरूष भलिबल प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरूङले बताए । बास्केटबल प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
भलिबलमा १२ र बास्केटबलमा १७ टिमबीच प्रतिस्पर्धा हुनेछ । ठेलो हान्ने प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । मेलाको पहिलो दिन बिहीबार साँझ अन्नपूर्ण ब्यान्ड छोम्रोङमा गुञ्जियो । बाँकी दिनमा लोकदोहोरी कलाकार र आदिम कला मञ्चले प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया