सम्पादकीयः नत विदेश भर, नत स्वदेशमा अवसर

नेपालका ५ प्रतिशत महिलामात्र अभिलेखिकरण (कानुनी बाटो) प्रयोग गरेर कामको लागि विदेश जान्छन् । अरु सबै महिला कामदार गैरकानुनी बाटो (विना अभिलेखीकरण) प्रयोग गरेर घरेलु श्रम तथा हेरचाह कामदार लगायतका कामको लागि विदेश जाने गरेका छन् । घरेलु श्रम तथा आप्रवासी हेरचाह कामदारले श्रम अनौपचारिकता र मान्यताको अभाव लगायतका ठूलो कठिनाइहरूको सामना गर्नु परेको छ । लिंग–आधारित हिंसा, शोषण र बेचबिखनको जोखिम बढाएको छ । ती महिलाले नेपाल फर्केपछि पनि अनेक खालका भेदभाव र लाञ्छाना खेप्नु परेको छ । नेपालको नीति तथा कानुनको कारण स्वदेश फर्केर काम पाउन कठिनाई छ ।
श्रम स्वीकृति नलिएर बिचौलिया मार्फत भारतको बाटो गएर घरेलु श्रम गरेका महिलाको संरक्षणको लागि नेपालले कुनै पनि कुटनीतिक पहल गर्न सक्दैन । विदेशमा काम गर्न गएका महिला नेपालको कानुनी व्यवस्थाको कारण नेपाल फर्केर पनि रोजगारी पाउन समस्या छ । धेरै महिला कामदार घरेलु श्रमको लागि विदेश गएका छन् । नेपालले घरेलु श्रमलाई रोजगारीको लागि गरिने श्रम नमान्दा समेत समस्या थपिएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउन लागेको सन्दर्भमा तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्र (तरंगिनी फाउण्डेशन)लगायतका सामाजिक संघ संस्थाले नेपाली महिला विदेश जाँदा अपनाउनु पर्ने सुरक्षा तथा फर्के पछिका पुनः एकीकरण तथा पुनस्थापनाको सवाल उठाएका छन् । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई उद्यमशिलताको विकास गर्ने तथा रोजगारीमा जोड्नको लागि राज्यका निकायलाई ध्यानाकर्षण गराएका छन् । सरकारले जारी गरेको वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकिकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन )२०७९ निर्देशिकालाई महिलामैत्री बनाउन पहल समेत गरेका छन् ।
नेपालमा घरेलु श्रमलाई रोजगारीको लागि गरिने श्रम नमानेको कारण पनि केही समस्या आएको छ । त्यसैले नेपालमा घरेलु श्रमलाई मान्यता दिनु पर्ने तथा अनौपचारिक क्षेत्रको श्रमलाई व्यवस्थित गर्नु पर्छ । सरकारले घरेलु कामदारको रुपमा महिलालाई वैदेशिक रोजगारमा जान नदिने संरक्षणवादी नीतिले गैरकानुनी बाटोबाट जान खोज्दा उल्टो बेचबिखनको जोखिम बढेको देखिन्छ । त्यसैले आप्रवासन प्रतिबन्धले महिलाहरुलाई हक अधिकारबाट वञ्चित गराएको र समाजमा सुरक्षित र अर्थपूण योगदान दिन रोकेको भान हुन्छ ।
नेपाली आप्रवासी महिला कामदार घर परिवारको हिंसा र विभेद सहन नसकेर कामको लागि विदेश गएका छन् । गैर कानुनी बाटो प्रयोग गरेर विदेशमा रहँदामात्र होइन स्वदेश फर्केर अर्को हिंसा व्यहोर्नु परेको छ । त्यसैले स्वदेश फर्केका ती कामदार र तिनका परिवारहरूबीच थप आय सुरक्षा र सुरक्षित, थप उत्पादनशील रोजगारी प्रवद्र्धन गर्नु पर्छ । रोजगारी र जीविकोपार्जनका लागि सरोकारवालाले सहयोग गर्नु आवश्यक छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया