फिजिकल ट्रेनिङमा गोपालको नेतृत्व

पोखरा ।
नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन् । पोखरामा भएको संस्थाको केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय समिति चुनिएको हो ।
उपाध्यक्षत्रयमा टेकबहादुर गुरुङ, सुमे शेरबहादुर गुरुङ र अनिल राई छन् । महासचिवमा हिमालयबिक्रम लिम्बु, कोषाध्यक्ष केहरसिंह गुरुङ र सचिवमा बिमानसिं तामाङ चुनिए । सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गजबहादुर गुरुङ, निर्भिक सुनुवार र हरि थापा निर्वाचित बने ।
नवनिर्वाचित अध्यक्ष राईले आफ्नो कार्यकालमा संस्थाले सामाजिक कामलाई निरन्तरता दिँदै सदस्यको हितमा काम गर्ने प्रतिवद्धता जनाए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष एमबी आस्थामगरले पद तथा गोपनीयताको सपथ गराए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मीनबहादुर गुरुङ, संरक्षकहरु पर्वत राई, क्या. रामप्रसाद गुरुङ, यामबहादुर गुरुङ लगायतले बोलेका थिए ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया