दमाैलीमा बस दुर्घटना हुँदा १५ जना घाइते

समाधान संवाददाता २०८० पुष १३ गते १७:३४

पोखरा ।दमौलीमा बस अनियन्त्रित भई पल्टिदा १५ जना घाइते भएका छन् । दमौलीबाट लमजुङ कोकुन्छा तर्फ जाँदै गरेको ना ६ ख ५४७१ नम्बरको बस सडक देखि १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।


घाइतेहरुको रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया