पाेखरामा प्याराग्लाइडिङ उड्न दिने निर्णय

समाधान संवाददाता २०८० पुष १५ गते ८:०८

काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरामा पुनः प्याराग्लाइडिङ सञ्चालन गर्न दिन निर्णय गरेको छ । प्राधिकरणले मान्द्रेढुंगा क्षेत्रबाट उडान गर्न दिने निर्णय गरेको हो । नेपाल सरकारको नीति तथा नियम, प्राधिकरणको नीति, नियम अनुरूप उडान सुरक्षाको प्रत्याभूति हुने गरी उडान सुरक्षालाई उच्च प्रथामिकता राखेर उडान गर्न दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले मंसिर २९ गतेदेखि उडानमा रोक लगाएको थियो । पाइलट र सञ्चालकबीच विवाद भएपछि प्राधिकरणले प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । दुवै पक्षबीच सहमति भएपछि पुनः उडान गर्न दिने निणय गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया