३ सडकमा विश्व बैंकको साढे ३ अर्ब सहयाेग

पोखरा ।
तालचोकदेखि बेगनास तालसम्मको सडक स्तरोन्नतिका लागि सहयोग गरेको विश्व बैंकले पोखरा महानगरका थप २ सडक बनाउने भएको छ । विश्व बैंकको सहयोगमा दोबिल्ला पुडिटार सडक र शिशुवा सिसाघाट सडक स्तरोन्नति गर्न लागिएको हो ।
यी ३ सडक आयोजनामा विश्व बैंकले करिब साढे ३ अर्ब लगानी गर्ने भएको छ । यी सडक २०२५ जुलाइभित्र सक्ने लक्ष्य छ । तालचोक बेगनासताल सडकको काम जारी छ भने अरु दुई सडक निर्माणका लागि बिहीबार टेन्डर आह्वान भएको छ ।
तालचोक बेगनास सडकको प्रगति ६ प्रतिशत रहेको विश्व बैंकका योजना हेर्ने महानगर इन्जियिर नवीन गौतमले जानकारी दिए । यी तीन वटै सडक डबल लेनका हुने छन् । सडकका दुवै छेउतिर साइकल ट्रयाक र फुट ट्रयाक बन्ने छन् । सडकको बीचमा बगैंचासहितको डिभाइडर राख्ने योजना छ ।
यी सडक निर्माणपछि पोखरा र गण्डकी प्रदेशकै आर्थिक विकास र सरल जीवन यापनका लागि सहयोग पुग्ने महानगरका प्रमुख धनराज आचार्य बताउँछन् । महानगरका यी सडक पोखरा हुँदै जाने २ राजमार्गका वैकल्पिक सडक बन्ने र त्यो क्षेत्रका स्थानीयको मुख्य सडक बन्ने उनले औंल्याए ।
‘हाम्रो स्रोतबाट बनाउन सम्भव नहुने अर्बाैं लागतका यी सडक एकातिर राजमार्गका विकल्प बन्न सक्छन् भने अर्कातिर ती क्षेत्रका मुख्य सडक हुन्,’ प्रमुख आचार्य भन्छन्, ‘यी सडक स्तरोन्नति हुँदा यो क्षेत्रको आर्थिक, सामाजिक विकाससहित सबै क्षेत्रमा ठूलो टेवा पुग्छ ।’
दोबिल्ला पुडिटार सडक पृथ्वी राजमार्गको विकल्प बन्न सक्ने देखिन्छ । तनहुँको कोत्रेदेखि बागमारा हुँदै, विरौटा यात्राका लागि यो सडक प्रयोग हुन सक्छ । यस्तै शिशुवा, सिसाघाट सडक पोखरा मुग्लिनको बाटो समस्या आउँदा प्रयोग हुन सक्छ ।
यो योजना अन्तर्गत दोबिल्लादेखि तगरेगौडासम्मको सडकको साढे बाह्र किमी स्तरोन्नति गरिँदै छ । यो सडक दोबिल्लादेखि बागमारा, तिक्लाङ, बडरकोट लामगादी छप्लाङ उपल्लो पुँडिटार, तल्लो पुँडिटार झिँगटेसम्म पुग्छ ।
पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत यी परियोजना बन्न लागेका हुन् । तालचोक बेगनास सडक स्वच्छन्द–सपना–वल्र्ड वाइड जेभी काठमाडौंले निर्माणको ठेक्का पाएको छ । यो सडकको लागत ७५ करोड ४८ लाख ६७ हजार ८ सय ७३ रुपियाँ छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया