गण्डकीका रेडक्रसकर्मीलाई तालिम

गण्डकी ।
नेपाल रेडक्रस सोसाइटी गण्डकीको आयोजनामा तथा ब्रिटिस रेडक्रसको सहयोगमा रेडक्रसकर्मीका लागि एक दिने अभिमुखीकरण आयोजना भएको छ ।
विपद्को क्षेत्रमा काम गर्दै आएका रेडक्रसकर्मीका लागि ब्रिटिस रेडक्रसको सहयोगमा नगद तथा भौचर सहायतासम्बन्धी अभिमुखीकरण तालिम दिइएको हो ।कार्यक्रममा विपद्का बेला वितरण गरिने नगद राहतको व्यवस्थापन र वर्तमान अवस्थाबारे छलफल भएको नेपाल रेडक्रस गण्डकी अध्यक्ष सूर्य ढकालले बताए ।
कार्यक्रममा नीति तथा योजना आयोग गण्डकी उपाध्यक्ष कृष्ण देवकोटाले प्रदेशको नीति योजनामा रेडक्रसलाई समेटेर लैजाने आश्वासन दिए । विपद्मा रेडक्रसले गरेको काम स्मरण गर्दै उनले प्रदेश सरकार दोस्रो पञ्चवर्पीय योजना बनाउने क्रममा रहेकाले आवश्यक राय दिन पनि आग्रह गरे ।
गण्डकी अध्यक्ष ढकालले रेडक्रससँग नियमित आर्थिक स्रोत नभएकाले सरकारले सहयोग गर्नुपर्ने बताए । ब्लड बैँक सञ्चालनमा समेत रेडक्रसलाई आर्थिक स्रोतको अभाव रहेको र मेसिनहरु बिग्रदा मर्मत गर्न समस्या हुने गरेको सुनाए ।
उनले प्रदेशमा कम्तीमा पनि ३ स्थान लमजुङ, नवलपुर र बागलुङ मा गोदाम घर राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य दिनेश अर्याल, विपद् व्यवस्थापन समिति संयोजक हरिबन्धु अर्याल, रामदत्त पौडेल लगायतले बोलेका थिए ।
तालिममा लुम्बिनी, बागमती र गण्डकीका गरेर ३० जनाको सहभागिता थियो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया