इलेक्ट्रिकल एसोसियसनको सभा

पोखरा ।
पोखरा इलेक्ट्रिकल एसोसिएसनको २४ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सभाका सहभागीले देशलाई नै उज्जालो बनाउन खोज्दा आफूहरु अध्यारोमा जीवन बिताउन बाध्य भएको गुनासो गरे ।
उनीहरुले उत्पन्न आर्थिक मन्दीका कारण आफूहरु ठुलो मर्कामा परेको गुनासो गरे । तीनै तहका सरकारीले विकास निर्माणका काममा भन्दा कर असुल्न ध्यान दिएको उनीहरुको दुखेसो छ । आयातीत सामग्रीमा चर्को भन्सार दरका कारण व्यवसाय धरासायी बनेको उनीहरु बताउँछन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रेशम्प्रसाद देवकोटाले राज्यले विकास निर्माणका कामलाई खासै नगर्दा आफूहरुले खरिद गरेका सामग्री गोदाममै थन्किएको जनाए । यसरी सामग्री थन्किने र अर्काे ब्याज तिर्नुपर्ने अवस्थाले व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको उनले सुनाए ।
पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले व्यावसायीका हकहितका सवालमा संघले प्रधानमन्त्री, गर्भनरदेखि अर्थमन्त्रीलाई समेत ध्यानकर्षण गराएको उल्लेख गरे । कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक लोकनाथ पोखरेल, महासंघका भवन निर्माण संयोजक महेन्द्रकुमार राठी, पोखरा उद्योग बाणिज्य संघ वस्तुगत संघका उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, द्वितीय उपाध्यक्ष केशव ढकाल लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष गिरीराज बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कृष्णमणि भण्डारीले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया